विद्युत अपडेट

  • प्राधिकरण : ९२७६ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३०५४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३५११४ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १७०८५ मे.वा.घन्टा
  • ट्रिपिङ : १५० मे.वा.घन्टा
  • ऊर्जा माग : ५७५९४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २६३३ मे.वा.
२०८१ भदौ २३, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले ८०० मेगावाट सौर्य विद्युत् उत्पादनका लागि आह्वान गरेको बोलपत्रका लागि आवेदन दिने म्याद ३ साता (२१ दिन) थप गरेको छ । यसका लागि प्राधिकरणले दाेस्रो पटक थपेको १ महिनाको म्याद असार ४ गते सकिन लागेपछि बुधबार सूचना प्रकाशित गरी तेस्रो पटक म्याद थप गरेको हो । यस अनुसार अब असार २५ गते दिनको २ बजेसम्म बोलपत्र आवेदन दिन सकिने छ । 

प्राधिकरणले सुरुमा २०८०, चैत २१ गते ४५ दिनको समय तोकेर देशभरका आफ्ना नजिकका सबस्टेसनमा जोड्न मिल्ने गरी ८०० मेगावाट सौर्य विद्युत् उत्पादन गर्न इच्छुक विकासकर्ताबाट प्रस्ताव मागेको थियो । अहिलेसम्म के कतिले आवेदन पर्यो भन्ने विषय प्राधिकरणले नखुलाएको भए पनि खुलाएको यसमा विकासकर्ताको सहभागिता न्यून देखिएको बुझिएको छ । कम विद्युत् खरिद सम्झौता (पिपिए) दर, जग्गा प्राप्ति जस्ता मुख्य समस्याले आवेदन दिन नसकेको विकासकर्ताहरूको भनाइ छ ।

प्राधिकरणले ऊर्जा मिश्रणको अवधारणा अनुसार राष्ट्रिय प्रणालीमा सौर्य ऊर्जाको हिस्सा बढाउन तथा हिउँदमा हुने ऊर्जा संकट तत्काल समाधान गर्न सौर्य विद्युत् आयोजना विकास गर्न खोजेको हो । यद्यपि, मुख्यतया जग्गाकै अभावले प्राधिकरणको यो प्रयास कठिन बनिरहेको देखिएको छ ।

यो पनि  आवश्यक जग्गा उपलब्धताको संकटले विकासकर्तामा आकर्षण बढेन

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३