विद्युत अपडेट

  • प्राधिकरण : ७१६८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३९६५ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११६९९ मे.वा.घन्टा
  • आयात : १२५३९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २५५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७९२२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९१३ मे.वा.
२०८१ चैत ३०, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले आयुर्वेद क्षेत्रको विकासका लागि सरकारले विदुषी योगमाया हिमालय आयुर्वेद विश्वविद्यालयलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् । विदुषी योगमाया हिमालय आयुर्वेद विश्वविद्यालयको दीर्घकालीन गुरुयोजना तर्जुमाका लागि आयोजित राष्ट्रिय परामर्श गोष्ठीमा उनले आयुर्वेद क्षेत्रको विकासका लागि योगमाया हिमालय आयुर्वेद विश्वविद्यालयलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका हुन् ।

‘हिमालय र आयुर्वेद क्षेत्रको आफ्नै सम्बन्ध छ, सङ्खुवासभालगायतका जिल्लाहरु जडीबुटीको केन्द्र भएकाले यसलाई सही प्रयोग गर्न यस्ता विश्वविद्यालयले सहयोग पुग्नेछ’, उनले भने । मन्त्री खड्काले विदुषी योगमायाले आफ्नो समयमा गरेको क्रान्तिकारी कामलाई आयुर्वेद विश्वविद्यालयमार्फत सरकारले सम्झन लागेको उल्लेख गरे । उनले विश्वविद्यालयका लागि चाँडो नै कर्मचारी व्यवस्थापन हुनेसमेत बताए । 

ऊर्जामन्त्री खड्काले सरकारले ऊर्जा क्षेत्रको विकासलाई प्राथमिकतामा राखेको बताए । उनले ऊर्जा क्षेत्रमार्फत गरिब तथा विपन्न नागरिकलाई सम्पन्न बनाउन सकिने बताउँदै सरकारले त्यस्ता नागरिकका लागि जलविद्युत् क्षेत्रमार्फत रु दुई लाखदेखि पाँच लाखसम्मको सेयरको व्यवस्था गर्न लागेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३