विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनीले १ करोड रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले सार्वजानक गरेको आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमाससम्मको वित्तिय विवरण अनुसार कम्पनीले खुद नाफा कमाएको देखिएको हो ।

चैतसम्मको अवधिमा १ करोड १७ लाख ५९ हजार ६ सय ८२ रुपैयाँ खुद नाफा कमाएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार गत वर्षको तुलनामा भने नाफा घटेको हो । गत वर्ष २ करोड ५१ लाख १ हजार ४ ससय १४ रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीले यस अवधिमा विद्युत बिक्री गरी ८ करोड ६५ लाख ७४ हजार ७ सय ६७ रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले गरेको आम्दानी गत वर्षको तुलनामा घटेको हो । गत वर्ष १० करोड ११ लाख ७६ हजार ७ सय ७२ रुपैयाँ आम्दानी गरेको थियो ।

यस्तै, अन्य स्रोतबाट १४ लाख ८८ हजार ३ सय ७ रुपैयाँ आम्दानी गरेको कम्पनीले जनाएको छ । कम्पनीको अन्य स्रोतबाट भएको आम्दानी भने गत वर्षको तुलनामा घटेको हो । गत वर्ष १ करोड ३० लाख ७० हजार ४ सय २५ रुपैयाँ आम्दानी गरेको थियो ।

यो अवधिमा युनाइटेड इदि मर्दि एण्ड आर.बि. हाइड्रोपावरले ५ करोड २७ लाख ८२ हजार ४ सय रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको तुलनामा बढेको हो । गत वर्ष १ करोड ७९ लाख १८ हजार ३ सय ९४ रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीले यस अवधिमा विद्युत बिक्री गरी १४ करोड ९० लाख ७० हजार ५ सय ५४ रुपैयाँ आम्दानी गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार गत वर्षको तुलनामा आम्दानी बढेको हो ।  गत वर्ष १० करोड ६४ लाख ७३ हजार ५२ सय रुपैयाँ आम्दानी गरेको थियो ।

यस्तै, अन्य स्रोतबाट कम्पनीले गत वर्ष भने  २ करोड ४७ लाख २३ हजार रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीका अनुसार अन्य स्रोतबाट हुने आम्दानी यो वर्ष भने पुरै घाटामा गएको छ । कम्पनीको कास्कीमा रहेको ७ मेगावाटको माथिल्लो मर्दि जलविद्युत आयोजनाले २०७६ असोज २० गतेदेखि नियमित विद्युत उत्पादन गरिहेको छ ।

यस्तै, खानी खोला हाइड्रो पावर कम्पनीले पनि २ करोड १० लाख ५३ हजार २६ रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको तुलनामा घटेको हो । गत वर्ष कम्पनीले ९ करोड ९० लाख ५७ हजार १ सय ६३ रुपैयाँ खुद नाफा कमाएको कम्पनीको वित्तिय विवरणमा उल्लेख छ ।

कम्पनीले यस अवधिमा खानी खोला जलविद्युत केन्द्रको विद्युत बिक्री गरी १२ करोड ७४ लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले जनाएको छ ।  कम्पनीका अनुसार गत वर्षको तुलनामा आम्दानी बढेको हो । गत वर्ष भने विद्युत बिक्री गरी ७ करोड २६ लाख १२ हजार ४ सय ९५ रुपैयाँ आम्दानी गरेको थियो ।

यस्तै, कम्पनीले अन्य स्रोतबाट भने ९० हजार आम्दानी गरेको छ । गत वर्षको तुलनामा आम्दानी देखिएकोे हो । गत वर्ष ९ सय २२ रुपैयाँ आम्दानी गरेको थियो । ललितपुको बालुवाटारमा रहेको २ मेगावाटको जलविद्युत आयोजनाले २०७३ मंसिर ९ गतेबाट नियमित विद्युत उत्पादन गरिरहेको छ ।

यस्तै, सिंगटी हाइड्रो पावरले ७५ लाख ८५ हजार ४ सय ३२ रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष भने पुरै घाटामा गएको कम्पनीले सार्वजानिक गरेको वित्तिय विवरणमा उल्लेख छ । 

कम्पनीले यस अवधिमा २५ मेगावाटको सिंगटी खोला जलविद्युत केन्द्रको विद्युत बिक्री गरी ११ करोड ५४ लाख ८१ हजार ९ सय १९ रुपैयाँ आम्दानी गरेको कम्पनीले जनाएको छ । कम्पनीको दोलखामा रहेको २५ मेगावाटको सिंगटी खोला जलविद्युत आयोजनाले २०७८ साउन १७ गते देखि नियमित विद्युत उत्पादन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit