विद्युत अपडेट

  • प्राधिकरण : ५०४६ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५९०२ मे.वा.घन्टा
  • निजी क्षेत्र : १८४५५ मे.वा.घन्टा
  • आयात : ८०८३ मे.वा.घन्टा
  • निर्यात : ३० मे.वा.घन्टा
  • ट्रिपिङ : १५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७६३७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २१०० मे.वा.
२०८२ फाल्गुण २८, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । याम्बालिङ हाइड्रोपावर लिमिटेडले चैत ८ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ जारी) गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपिओ जारी गर्न लागेको हो । 

कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अङ्‌कित दरका ७ करोड रुपैयाँबराबरको ७ लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशन गर्ने भएको छ । कम्पनीको जारी पुँजी ७० करोड रुपैयाँको ४० प्रतिशतले हुन आउने २८ करोड रुपैयाँ बराबरको २८ लाख कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो । उक्त सेयरका लागि सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर १, २, ३, ४, ५, ६ र ७ का स्थानीयले आवेदन दिन सक्नेछन् ।

यसका साथै सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने २ करोड १० लाख रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अङ्‌कित दरका २ लाख १० हजार कित्ता साधारण सेयर विदेशमा रोजगार गरी रहेका नेपालीका लागि निष्काशन गर्न लागेको हो ।

उक्त सेयर खरिदका लागि आयोजना प्रभावित स्थानीयले न्यूनतम १० कित्ताका अधिकतममा ७ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले अधिकतममा २१ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । 

स्थानीयका लागि छिटेमा चैत २२ गते र ढिलोमा २०८३ वैशाख ७ गते निष्काशन बन्द हुनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छिटोमा चैत ११ गते र ढिलोमा चैत २२ गते निष्काशन बन्द हुनेछ ।

केयर रेटिङ नेपालले कम्पनीलाई केयरएनपी डबल बी माइनस इस्युअर रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको देखाउँछ ।

कम्पनीले सिन्धुपाल्चोकमा ७.२७ मेगावाटको याम्बालिङ खोला जलविद्युत् केन्द्र सञ्चालन गरिरहेको छ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३