विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २७, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । पारामाउन्ट मोटर्स प्रालिले विद्युतीय गाडी चलाउने नेपाली ग्राहकहरूका लागि सुविधाजनक र प्रभावकारी चार्जिङ एप सार्वजनिक गरेको छ । एमजीको नेपालको लागि आधिकारिक वितरक एवम् आयातकर्ता पारामाउन्टले ‘पारामाउन्ट चार्जिङ सोलुसन एप’ सञ्चालनमा ल्याएकाे हाे ।

एपस्टोर र प्लेस्टोर दुवैमा निःशुल्क रूपमा उपलब्ध याे एप डाउनलोड गरेर ग्राहकहरूले सजिलैसँग आफ्नो विवरणहरू भरेर साइन अप प्रोसेस पूरा गर्न सक्नेछन् । कम्पनीका अनुसार चार्जिङ शुल्क ʻखल्ती एप’ मार्फत भुक्तानी गर्नु पर्नेछ । याे एपले देशभर रहेका ३० किलोवाट डीसी चार्जिङ स्टेसनका लाइभ अपडेटको साथै चार्जिङ भुक्तानीमा सहजता पुर्‍याउने छ ।

कम्पनीका अनुसार यस एपले हालका लागि ३० किलोवाट चार्जर मात्र सपोर्ट गर्ने भएकोले एमजी जेड एस ईभी र एमजी फो ईभीका ग्राहकहरूलाई विशेष फाइदा गर्नेछ । हालसम्म देशभरमा एमजीका ११ वटा चार्जिङ स्टेसन छन् भने यो संख्या बढाउँदै जाने कम्पनीले जनाएको छ ।

साथै यस एपअन्तर्गतको आरएफआईडी कार्डमार्फत ग्राहकहरूले देशभरिका कुनै पनि एमजीका ३० किलोवाट चार्जिङ स्टेसनमा आफ्नो सवारीसाधन चार्ज गर्न सक्नेछन् । ग्राहकहरूले आरएफआईडी कार्ड लिनका लागि भ्याटसहित ५०० रुपैयाँ वार्षिक सदस्यता शुल्क तिर्नुपर्नेछ । यो शुल्क चार्जिङ मसिनहरू र स्टेसनहरूको मर्मतमा खर्च गरिने र प्रभावकारिता र दक्षता बढाउने कम्पनीले जनाएको छ । साथै यो एपले २४ घण्टा चार्जिङ सोलुसनहरू उपलब्ध गराइ ग्राहकहरूको चार्जिङसम्बन्धी समस्यालाई सम्बोधन गर्ने कम्पनीले जनाएको छ ।

एमजी आरएफआईडी कार्डका लागि अनलाइन र अफलाइन दुवै तरिकाले फारम भर्न सकिनेछ। अफलाइनका लागि ग्राहकले कम्पनीको वेबसाइटमा गइ फारम डाउनलोड गरी त्यहाँ बताइए बमोजिम प्रक्रिया पूरा गर्नुपर्नेछ ।

पारामाउन्ट मोटर्सले नेपाल विद्युत् प्राधिकरणले तोकेको दरमा प्रतियुनिट दरमा थप २० प्रतिशत शुल्क लागु गर्नेछ । प्रतियुनिट शुल्क पिक र अफ-पिक आवरमा फरक हुनसक्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit