विद्युत अपडेट

  • प्राधिकरण : ७१६८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३९६५ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११६९९ मे.वा.घन्टा
  • आयात : १२५३९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २५५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७९२२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९१३ मे.वा.
२०८१ चैत ३१, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणमा कार्यरत गोटा गन्ती मिटर रिडरको श्रम शोषण भएको भन्दै प्राधिकरण मिटर रिडर संघर्ष समितिले आन्दोलन सुरु गरेको छ । प्राधिकरणका प्रधान कार्यालयमा आज (माघ २९ गते) धर्ना र नाराबाजी गर्दै विरोध तथा आमरण अनसन कार्यक्रम सुरु गरेकाे हाे ।

‘आजसम्म हाम्रो श्रम शोषण भयो अब हुन दिदैनौ’ भन्दै समितिले आन्दोलन सुरु गरेको छ । गोटा पद्धति खारेज गरी तल्काल ज्यालादारी बनाउन, सबै विवरण केन्द्रमा परिपत्र गर्न, गोटा नियुक्त र बर्खास्त पकृया बन्द गर्न माग गर्दै आन्दोलन सुरु गरेको छ । समितिले यसअघि मिटर रिडरहरूलाई प्राधिकरणको ज्यालादारी कर्मचारी सरह एकै प्रकारको कर्मचारी बनाउनलगायतका माग गर्दै केन्द्रिय कार्यालयमा ध्यानाकार्षण पत्र बुझाउँदै आएको थियो ।

यस्तै, गोटाबाट ज्यालादारी व्यवस्थापन गर्दा आजिवन बर्खास्त नगर्ने ग्यारेन्टी गर्न, मिटर रिडरको संख्या किटानी गर्न, सार्वजनिक विदा बाहेक एक वर्षमा १२ दिनसम्म भइपरी र ६० दिन सुत्केरी विदा दिन, कार्य प्रकृति अनुसार सिफ्टमा काम गरेबापताको अतिरिक्त भत्ताको व्यवस्था गर्न समितिको माग छ ।

प्राधिकरणको कामको सिलसिलामा दुर्घटनामा परेमा उपचार खर्चको व्यवस्था गर्न, प्राधिकरणको निर्माणाधीन आयोजनाको सेयर मिटर रिडरहरूलाइ पनि अन्य कर्मचारी सरह व्यवस्था गर्नलगायतका माग गर्दै आन्दोलन तथा अनसन कार्यक्रम सुरु गरेको समितिले जनाएको छ ।

यसअघि पनि मिटर रिडरमाथि विभेद गर्दै सेवा सुविधाबाट बञ्चित गरेको, ज्यालादारी कर्मचारी बनाउन, श्रम शोषण भएको भन्दै आन्दोलन गर्दै आएपनि वेवास्ता गरेको समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३