काडमाडौं । हिम पर्वत हाइड्रो पावर कम्पनीको वार्षिक साधारण सभा जेठ २५ गते हुने भएको छ । सञ्चालक समितीको गत ६ गते बसेको बैठकले कम्पनीको विशेष साधारण सभाको मिती तय गरेको हो ।
कम्पनीका अनुसार उक्त साधारणसभामा वार्षिक प्रतिवेदन, वित्तीय विवरण, नाफा/नोक्सान हिसाब नगद प्रवाह लगायत विषयमा छलफल गरी पारित गर्नेछ । साथै, आर्थिक वर्ष २०७९/८० लागि लेखा परीक्षक नियुक्त गरी पारिश्रमिक समेत निर्धारण गर्ने जनाइएको छ ।
कम्पनीका अनुसार उक्त साधारणसभामा अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने विषयमा छलफल गरी पारित गरिने छ । साथै, सभामा प्रबन्धपत्रको दफा ६ को (घ) मा संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्ने जनाइएको छ । कम्पनीले आयोजना गरेको साधारणसभा जेठ २५ गते (बुधबार) दिउँसो २ बजे कम्पनीको रजिष्टर्ड कार्यालयमा हुनेछ ।
कम्पनीकाे ५.५ मेगावाटकाे सागु खाेला-१ निर्माणाधीन छ ।