images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । लमजुङमा ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ जलविद्युत आयोजना निर्माण गरीरहेको पिपुल्स हाइड्रो पावर कम्पनी लिमिटेडको ५६ लाख कित्ता सेयर आवेदन खुल्ला भएको छ । कम्पनीले सर्वसाधारणका लागि छुट्याएको सेयर आवेदन खुल्ला गरेको हो । 

सय रुपैयाँ अंकित ५६ लाख ६ हजार ३ सय ९० कित्ता सेयर निष्कासन गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याएको सेयर बाँडफाँड गरी बिक्री हुन बाँकी रहेको ८ लाख ६ हजार ९० लाख कित्ता सेयर पनि समावेश गरीे निष्कासन गरिएको हो । 

कुल निष्कासित सेयरमध्ये ३ प्रतिशत हुन आउने अर्थात १ लाख ६८ हजार १ सय ९० कित्ता सेयर कम्पनीको कर्मचारीको लागि र ५ प्रतिशत हुन आउने अर्थात २ लाख ८० हजार ३ सय २० कित्ता सेयर सामूहिक लगानी कोषको लागि बाँडफाँड गरिएको छ । बाँकी रहेको ५१ लाख ५७ हजार ८ सय ८० कित्ता सेयर सर्वसाधरणको लागि निष्कासन गरिएको पनि कम्पनीले जनाएको छ । 

सर्वसाधरणले न्यूनत्तम १० कित्ता देखि अधिकत्तम १ लाख कित्ता सम्म आवेदन दिन पाउनेछन् । आवेदकले छिटोमा कात्तिक २९ गतेसम्म र ढिलोमा मंसिर ९ गतेसम्म आवेदेन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न सानिमा क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ । कम्पनीको लमजुङमा ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ जलविद्युत आयोजनान निर्माणाधीन छ । कम्पनीले निर्माण अवधिको ब्याज सहित प्रति मेगावाट लागत १९ करोड २४ लाख ७ हजार ४ सय ७ रुपैयाँ तथा कुल लागत १० अर्ब ३९ करोड अनुमान गरिएको छ ।   

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit