विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८२५० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २५, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । एमजी गाडीको लागि नेपालको आधिकारिक वितरक एवं आयातकर्ता कम्पनी पारामाउन्ट मोटर्सले नेपाली बजारमा एमजी कमेट इभी र एमजी ४ इभी सार्वजनिक गरेको छ । नेपाली बजारमा बढ्दो विद्युतीय सवारी साधनहरूको भीडमा यी दुई मोडल नयाँँ नाम हुन् ।

इभी सार्वजनिक कार्यक्रममा पारामाउन्ट मोटर्सका जेनेरल म्यानेजर सचिन अर्यालले भने, ‘नेपाली बजारमा यी दुई विद्युतीय सवारी भित्र्याउन पाउँदा हामी अत्यन्तै उत्साहित छौँ । स्टाइलिस, प्राक्टिकल र आफ्नो बजेटमा गाडी किन्न चाहने ग्राहकवर्गका लागि यी दुई मोडलहरू अत्यन्तै उपयुक्त हुन्छन् ।’

कम्पनीका अनुसार एमजी कमेट इभी भारतमा बनेको आकर्षक मूल्यको विद्युतीय गाडी हो जसले सिङ्गल चार्जमा २३० किलो मिटरको रेन्ज दिन्छ । यसमा १७.३ किलोवाटवावरको ब्याट्री र ३१.२६ किलोवाटको मोटर रहेको छ । एमजी कमेट इभीमा यात्रुहरूको सुरक्षाको लागि आईपी ६७  रेटेड ब्याट्री, डुवल फ्रन्ट एयर ब्याग, पछाडि पट्टी पार्किङ् सेन्सर र सबै यात्रुको लागि सिट बेल्टहरू राखिएको छ । सुविधा र सहजताको लागि एमजी कमेट इभीमा एलसिडि स्क्रिन, रिमोट सेन्ट्रल लकिङ, म्यानुअल एसि र हिटर जस्ता सुविधाहरू रहेका छन् । 

एमजी कमेट इभीको शुरुवाती मूल्य १७.९९ रहेको छ भने एमजी कमेट इभी प्ले र पेस गरी २ वटा भेरिएन्टमा उपलब्ध छ ।

त्यस्तै एमजीले कमेट इभीको हाइ भोल्टेज कम्पोनेन्टमा १ लाख किलोमिटरसम्म ३ वर्षको वारेन्टी दिएको छ भने हाइ भोल्टेज ब्याट्रीमा १ लाख २० हजार किलोमिटरसम्म ८ वर्षको वारेन्टी दिएको छ ।

हेर्दा अत्यन्तै आकर्षक देखिने एमजी ४ इभी २०२३ को युके कार अफ द इयर हुनुको साथै यसले युरोपमा पनि सेफ्टीको लागि ५ स्टार पाएको छ । कम्फर्ट र लक्जरी गरी २ भेरीयन्टमा उपलब्ध एमजी कम्फर्ट इभीको ब्याट्री क्षमता ५१ किलोवाट आवर र ९९ किलोवाटको मोटर रहेको छ ।  त्यस्तै एमजी लक्जरी इभीको ब्याट्रि क्षमता ६४ किलोवाट वावर र १५० किलोवाटको मोटर रहेको छ । एमजी ४ इभीको मुख्य आकर्षण भनेको इन्डिभिजुअल सस्पेन्सन र रियर व्हिल ड्राइभ हो जुन यही मुल्यमा नेपाली बजारमा उपलब्ध विद्युतीय गाडीहरूको सेग्मेन्टमा पहिलो फिचर हो ।

एमजी ४ इभीले सिङल चार्जमा ४३५ किलोमिटर सम्मको रेन्ज दिन सक्छ । राम्रो ह्यान्ड्लिङ र ट्रयाक्सनको लागि एमजी ४ इभीमा रियर व्हिल लेआउट राखिएको छ । त्यस्तै यात्रुहरूको सुरक्षाको लागि रियर आइसोफिक्स, फ्रन्ट साइड एयर ब्याग, टायर प्रेसर मनिटरिङ्ग सिस्टम, सिट बेल्ट रिमाइन्डर जस्ता फिचरहरू रहेका छन् भने सुविधा र सहजताका लागि मोबाइल फोन ब्लुटुथ कि, ५ वटा डाइभीङ मोड आदि जस्ता फिचरहरू रहेका छन् ।  

त्यस्तै एमजी ४ इभीको लागि हाइ भोल्टेज ब्याट्रीमा १ लाख ५० हजार किलोमिटरसम्म ८ वर्षको वारेन्टी दिएको छ भने हाइ भोल्टेज कम्पोनेन्टमा १ लाख किलोमिटरसम्म ३ वर्षको वारेन्टी दिएको छ ।

त्यस्तै एमजी ४ कम्फर्ट इभीको शुरुवाती मूल्य ४१.४९ लाख रहेको छ भने एमजी लक्जरी इभीको शुरुवाती मूल्य ५८.९९ रहेको छ ।

एमजीका यी दुवै इभीमा टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, रिभर्सिङ क्यामरा र आवश्यक सेफ्टी फिचर रहेका छन् । यी दुवैमा एमजीले आफ्टर सेल्स सर्भिस र एक वर्षको वारेन्टी प्रदान गरेको छ । 

कम्पनीका अनुसार हाल नेपालभर एसी र डिसी गरेर १९ वटा एमजी चार्जिङ स्टेसनहरू उपलब्ध छन् । यद्यपि, २०२३ को अन्त्य सम्ममा पारामाउन्ट मोटर्सले चार्जिङ स्टेशनहरूको संख्या ५० सम्म पु¥याउने लक्ष्य राखेको छ । आफ्ना सेवाग्राहीको सहज यात्राका लागि पारामाउन्ट मोटर्सले देशका मुख्य स्थानहरू मुलकोट, चितवन, कुरिनटार, बुटवल र ढल्केबरमा डिसि चार्जिङ स्टेसनहरू स्थापना गरेको छ । यी स्थानमा आधा घण्टामै ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ भने एमजीको नयाँँ सर्भिस सेन्टर कुसुन्ती तथा इटहरी, बिर्तामोड, बर्दिबास, वीरगन्ज, पोखरा, हेटौँडा, नौबिसे, नेपालगन्ज, धनगढी, गाईघाट र दाङको लमहीमा पनि चाँडै डिसि चार्जिङ स्टेसनहरू स्थापना गरिने जानकारी दिएको छ । त्यस्तै काठमाडौँ, विर्तामोड, विराटनगर, चितवन, बर्दिबास, सिन्धुली, पोखरा, कुरिनटार, मुलकोट, बुटवल, वीरगन्ज, इटहरी, जनकपुर र ढल्केबरमा एसी चार्जिङ स्टेसनहरू रहेका छन् ।
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit