विद्युत अपडेट

  • प्राधिकरण : ९०४९ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३०६३ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४२०६८ मे.वा.घन्टा
  • आयात : २१० मे.वा.घन्टा
  • निर्यात : १८१६४ मे.वा.घन्टा
  • ट्रिपिङ : २५ मे.वा.घन्टा
  • ऊर्जा माग : ६४४१५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८१४ मे.वा.
२०८१ असोज १, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

दोलखा । दोलखाको बिगू गाउँपालिका–१ मा रहेको देशकै सबैभन्दा ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् केन्द्रको उत्पादन आज (आइतबार) बिहानैदेखि बन्द गरिएको छ । हिउँदका लागि विद्युत् उत्पादन बढाउन विद्युत्‌गृह नै बन्द गरेर केन्द्रको बाँध क्षेत्रको सरसफाइ थालिएको हो ।

सरसफाइ गर्दा जलाशय खोल्ने र बन्द गर्ने गर्नुपर्ने हुँदा विद्युत्गृह १७ घण्टासम्म बन्द गरिने केन्द्र प्रमुख पूर्णगोपाल रञ्जितले ऊर्जा खबरसँग बताएका छन् । बिहान ४ बजेदेखि उत्पादन बन्द गरेर बाँधस्थलमा जम्मा भएको बालुवा र गेग्रान हटाउने काम भइरहेको उनले जानकारी दिए ।

उनका अनुसार विभिन्न खोला तथा खोल्सीबाट भू–क्षय र पहिराले ल्याएर बाँधमा जम्मा गरेको बालुवालगायत सामग्री हटाउन सरसफाइ सुरु गरिएको हो । २ किलोमिटर लामो बाँध क्षेत्रमा बालुवा र गेग्रान थुप्रिँदा जलाशय घट्दै गएको छ । हिउँदका लागि पानी बढी जम्मा गरेर उत्पादन बढाउन नियमित रूपमा बाँध सफाइ गर्ने गरिएको छ ।

‘बर्खा त पर्याप्त पानी हुन्छ, हिउँदमा नदीमा पानी घट्दै जान्छ,’ उनले भने, ‘दिन र रातमा नदीको पानी जम्मा गरेर बढी विद्युत् माग हुने समय बिहान र साँझ उत्पादन बढाउन अहिले बाँध सफा गरेका हौँ,’ उनले भने, ‘उत्पादन बन्द गर्दा राष्ट्रिय प्रणालीमा समेत असर नगर्ने हुँदा यही बेला बाँध सफाइको तालिका राखिएको हो ।’

दोलखाको विगू गाउँपालिका–१ लामाबगरमा रहेको विद्युत् केन्द्रको बिहान ४ बजेदेखि बाँधका ४ वटा ढोका पालैपालो खोलेर बालुवा बगाउने कार्यक्रम छ । आइतबार दिनभर ढोका बन्द गर्दै खोल्दै गरेर बाँधमा जम्मा भएको सबै बालुवा बगाउने काम सकेपछि विद्युत् उत्पादन नियमित हुने छ । 

यो वर्ष बाँध सफा गर्न लागिएको यो दोस्रो पटक हो । गत असार १ गते माथिल्लो क्षेत्रमा भीषण वर्षा हुँदा पानी भएर बाढी आउँदा आयोजनाको बाँध खोलिएको थियो । त्यसबेला पनि १७ घण्टा विद्युत् उत्पादन बन्द गरेर बाँध खोलेर गेग्रान बगाइएको थियो ।

अघिल्ला वर्षहरूमा बर्खा सकिएर हिउँद शुरू हुन लाग्दा मात्रै बाँध सफाइ हुँदै आएकोमा यस वर्ष बाँध सफाइ तालिका ३ पटक राखिएको रञ्जितले बताए । ‘लप्ची खोलामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूले लामाबगरदेखि माथिल्लो क्षेत्रमा सडक निर्माणका क्रममा निस्केको ढुङ्गा, माटो र पहिरो तामाकोसीमै आएकाले त्यो बगाएर माथिल्लो तामाकोसीकै बाँधमा ल्याएर थुपारेको छ ।

नदीको सतहबाट १४ मिटर उचाइमा पानी भर्ने गरी आयोजनाको बाँध डिजाइन गरिएको छ । समुद्री सतहबाट १९७९ मिटरसम्म मात्रै बालुवा गेग्रान भरिनु पर्नेमा अहिले त्यसभन्दा ४ मिटरमाथिसम्म भरिएको छ । यसले अर्धजलाशययुक्त आयोजना नदी प्रवाही जस्तो हुने भएकाले विगतभन्दा २ पटक बढी सफाइ गर्न लागिएको हो । बाँधका ढोका बन्द गरेर पानी जम्मा गर्ने र खोल्ने गर्दा ठूला ढुङ्गा बाहेक अरु बगाएर लैजाने बताए । बालुवा बगाएपछि पानीको बढी परिमाणमा जम्मा हुने हुँदा हिउँदको सुख्खा मौसममा बढी विद्युत् उत्पादन गर्न सकिन्छ ।

बाँध क्षेत्रमा बालुवा बगाउन स्काभेटर जस्ता कुनै पनि उपकरण सडक असुविधाले लैजान नसकिने हुनाले पानी जम्मा गर्दै खोल्दै गर्नु पर्छ । बाँध क्षेत्रमा बालुवाको सतह बढेकाले बाँधको लम्बाई र पानी जम्मा हुने मात्रा समेत घट्दै गएको छ ।

बाँधमा जम्मा भएको पानी फाल्ने जम्मा गर्ने गर्दा आइतबार बिहानदेखि राती १० बजेसम्म तामाकोसी नदीमा पानीको बहाव घटबढ भइरहेको छ । नदीको जलस्तर घटबढ हुँदा लामाबगरदेखि तल्लो तटीय क्षेत्रमा लुगा धुने, माछा मार्ने, मलामी जानेहरूका लागि सतर्कता अपनाउन सूचना जारी गरेको छ । बाँध र बालुवा थिग्रयाउने २ वटा पोखरी सरसफाइपछि राती १० बजेबाट विद्युत् उत्पादन नियमित हुनेछ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३