विद्युत अपडेट

  • प्राधिकरण : ६४१२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २०४९७ मे.वा.घन्टा
  • आयात : ८३८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२६६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२४६ मे.वा.
२०८२ माघ ४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडको लगानी रहेको तल्लो इर्खुवा खोला हाइड्रो पावर कम्पनी प्रालिले भोजपुरमा निर्माण गरिरहेको १४.१५ मेगावाटको तल्लो इर्खुवा खोला जलविद्युत आयोजनाको काम ७० प्रतिशत पूरा भएको छ । जिल्लाको षडानन्द नगरपालिका र साल्पा सिलिचो गाउँपालिकामा संरचना रहने गरी निर्माणाधीन आयोजनाको काम अन्तिम चरणमा पुगेको हो ।

आयोजनाको, बाँध, सुरुङ, विद्युतगृह, हाइड्रो मेकानिल, इलेक्ट्रो मेकानिल उपकरण जडान लगायत सबै क्षेत्रका काम एकसाथ भइरहेको कम्पनीले जनाएको छ ।

आयोजनाको २४०० मिटर लामो सुरुङ खन्ने काम पूरा भएको छ । आयोजनाको इलेक्ट्रो मेकानिकल र हाइड्रो मेकानिकलको काम भइरहेको । आयोजनाको सिभिल संरचनामध्ये बाँध, बालुवा थिग्राउने ट्याङ्की, पेनस्टक पाइपको सर्पोट र एङ्कर ब्लक, विद्युतगृह, स्वीचयार्ड आदीको काम अनिल मल्ट्बिगाले थापबिएनटी जेभीले गरिरहेको छ ।

यस्तै, इलेक्ट्रो मेकानिकल उपकरणको डिजाइन, उत्पादन, ढुवानी, जडान तथा परीक्षणको लागि अन्तराष्ट्रिय प्रतिस्पर्धामा चिनियाँ कम्पनी चोङक्विङ वाटर टर्वाइन वक्र्स (सिडब्लुटीडब्लु) ले गरिरहेको छ ।

आयोजनाको सबै काम सम्पन्न गरी आगामी २०८० पुसभित्र उत्पादन सुरु गर्ने तालिका छ । यसअघि आयोजनाबाट २०७९ सालभित्र विद्युत उत्पादन सुरु गर्ने तालिका भएपनि कोरोना महामारीका कारण सरकारले एक वर्ष समयअवधि थप गरेको  हो ।

आयोजना सम्पन्न भई उत्पादन हुने विद्युत २२० केभी शितलपाटी सबस्टेसनमा जोड्ने योजना भएपनि शितलपाटी सबस्टेसन निर्माण सम्पन्न गर्न समय लाग्ने भएकोले वैकल्पिक रुपमा जोड्नका लागि लाइनको व्यवस्थाको काम भइरहेको पनि कम्पनीले जनाएको छ । शितलपाटी सबस्टेसन तयार नभएसम्म आयोजनाको विद्युत १६ किलोमिटर दुरीमा रहेको तुम्लिङटार  सबस्टेसनमा जोडिनेछ ।

आयोजना  सम्पन्न गर्न २ अर्ब ४३ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । कोभिड–१९ लगायतका कारण आयोजनाको उत्पादन तालिका प्रभावित हुँदा लागत करिब २० प्रतिशतले बढ्ने कम्पनीले जनाएको छ ।
आयोजनाको लगानी बैंकको ऋण तथा स्वपुँजी लगानीबाट जुटाइएको छ । आयोजनामा माछापुच्छ्रे बैंकको अगुवाईमा नेपाल एसबिआई र ज्योति विकास बैंकले १ अर्ब ७२ करोड रुपैयाँ ऋण लगानी गरेका छन् । ७१ करोड रुपैयाँ स्वपुँजी लगानी छ ।

आयोजनाको मुख्य प्रवद्र्धक नेशनल हाइड्रोले १८ वर्षदेखि सिन्धुपाल्चोकमा ७.५ मेगावाटको इन्द्रावती तेस्रो निर्माण गरी सञ्चालन गरिरहेको छ । नेशनल हाइड्रोले सिन्धुपाल्चोकमै ४.५ मेगावाटको तल्लो इन्द्रावतीको अनुमति पाएको छ । इन्द्रावती तेस्रो निर्माण गर्न बैंकहरूसँग लिएको ऋण भने कम्पनीले २०७४ सालमै चुक्ता गरिसकेको छ ।

आयोजना थप विवरण

आयोजनाको नाम : तल्लो इर्खुवा

प्रवर्द्धक : तल्लो इर्खुवा खोला हाइड्रो पावर कम्पनी प्रालि

निर्माणाधीन स्थल : भोजपुर (षडानन्द नगरपालिका र साल्पा सिलिचो गाउँपालिका)

क्षमता : १४.१४ मेगावाट

वार्षिक ऊर्जा उत्पादन : ७९.७९ गिगावाट घन्टा

बर्खायाममा : ६७.११ गिगावाट घन्टा

हिउँदयाम : १२.६८ गिगावाट घन्टा

ठेकदार : सिभिल, अनिल मल्ट्बिगाले थापबिएनटी जेभीले

इलेक्ट्रोमेकानिल : चोङक्विङ वाटर टर्वाइन वर्स (सिडब्लुटीडब्लु)

सुरुङ : २४९१ मिटर

लागत : २ अर्ब ४३ करोड रुपैयाँ

लगानीकर्ता वित्तिय संस्थाहरू : माछापुच्छ्रे बैंक, नेपाल एसबिआई बैंक, ज्योति विकास बैंक

ऋण लगानी : १ अर्ब ७२ करोड रुपैयाँ ऋण लगानी

स्वपूँजी : ७१ करोड रुपैयाँ

सुरुको विद्युत जोडिने सबस्टेन : शितलपाटी

वैकिल्पक : तुम्लिङटार

प्रसारण लाइन : १६ किलोमिटर

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३