विद्युत अपडेट

  • प्राधिकरण : ८५८२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३९१७ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४४२११ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : २१५०२ मे.वा.घन्टा
  • ट्रिपिङ : ११० मे.वा.घन्टा
  • ऊर्जा माग : ६६८२० मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २९३० मे.वा.
२०८३ असोज २४, शनिवार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौं । संखुवासभाको हेवा खोलामा पहिचान भएको ५ मेगावाटको सुपर हेवा खोला जलविद्युत आयोजनाको क्षमता विस्तार गरेर ६ मेगावाटमा निर्माण गरिने भएको छ । सुपर हेवा खोला हाइड्रोपावर कम्पनीले जिल्लाको जलजले र सिद्धपोखरीमा पहिचान गरि अघि बढाएको आयोजनाको क्षमता बढाइएको हो ।

डिजाइनमा सामान्य परिवर्तन भएपछि एक मेगावाट क्षमता थपिएको कम्पनीका निर्देशक विरेन्द्र केसीले बताए । उनका अनुसार आयोजनाको बाँध प्रस्तावित भन्दा अलि माथि सारिएको छ ।

अहिले आयोजनाको सिभिल संरचनाको काम सुरु हुनु अघिको काम भइरहेको छ,’ उनले ऊर्जाखबरसँग भने, ‘आयोजनास्थलसम्म पुग्ने पहुँचमार्ग बनाउने काम भइरहेको छ ।’ जग्गा किन्ने काम, ठेक्का सम्झौता सम्पन्न भएको छ ।

२०७५ चैत्र २६ गते विद्युत विकास विभागबाट उत्पादन अनुमति पाएपनि विभिन्न कारणले गर्दा सिभिल संरचनाको काम सुरु गर्न नसकिएको कम्पनीले जनाएका छ । गत वर्षनै सिभिल संरचना निर्माण सुरु हुनु अघिको काम सम्पन्न गरेर आयोजनाको काम सुरु गर्नुपर्ने भएपनि विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी, निषेधाज्ञाका कारण काम प्रभावित भएको केसीले बताए ।

क्षमता विस्तार हुनु अघि आयोजना निर्माण गर्न १ अर्ब रुपैयाँ लागत अनुमान गरिएको थियो, तर क्षमता बढेपछि लागत पनि बढ्नेछ । आयोजनामा वाणिज्य बैंक र मेगा बैंकले ७० करोड रुपैयाँ ऋण लगानी गरेका छन् । बाँकी स्वपुँजी लगानी रहनेछ ।

आयोजना सम्पन्न भएपछि उत्पादीत विद्युत १२ किलोमिटर दुरीमा रहेको बानेश्वर सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्मको आवश्यक प्रसारण लाइन कम्पनी आफैले निर्माण गर्नेछ ।

यो आयोजनासँगै यही खोलामा ८.५ मेगावाटको माथिल्लो हेवा, ७.३ मेगावाटको लोअर हेवा ‘ए’ जलविद्युत आयोजना निर्माणाधीन छन् । माथिल्लो हेवाको काम अन्तिम चरणमा पुगेको छ । जिल्लाकै हेवा खोलामा ४.९९ मेगावाटको हेवा खोला स्मलले विद्युत उत्पादन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३