विद्युत अपडेट

  • प्राधिकरण : ९२६७ मे.वा.घन्टा
  • सहायक कम्पनी : १८३९८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४५८२० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : २३६७९ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ७३४८५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३२६१ मे.वा.
२०८३ साउन २६, मङ्गलबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । रामग्राम नगरपालिकाले जलवायु परिवर्तनको असर न्यूनीकरण तथा अनुकूलनका क्षेत्रमा काम गर्न जलवायु तथा कार्बन वित्त कार्यक्रममा सहभागी हुने निर्णय गरेको छ । नगरपालिकाको २०८२ माघ २६ गतेको पत्राचार तथा ‘जलवायु वित्त सञ्चालन कार्यविधि, २०८२’, राष्ट्रिय तथा स्थानीय जलवायु सम्बन्धी नीति, योजना र कार्यक्रमको मर्म अनुसार यस कार्यक्रमलाई अघि बढाउने निर्णय गरिएको हो ।

यसका लागि पालिकाले यती एयरलाइन्स र च्याउ बायोटेक्नोलोजिज प्रालिसँग सहकार्य गर्ने जनाएको छ । पालिकाका अनुसार गर क्षेत्रभित्र सञ्चालन हुने हरितगृह ग्यास उत्सर्जन न्यूनीकरण, जलवायु अनुकूलन तथा न्यूनीकरण सम्बन्धी परियोजनाहरूलाई प्रवर्द्धन गर्ने उद्देश्यले यो साझेदारी गरिएको नगरपालिकाले उल्लेख गरेको छ ।

पालिकाका अनुसार जलवायु तथा कार्बन फण्ड वा प्रोजेक्टका कार्यविधि, नियम, मापदण्ड तथा एमआरभी सम्बन्धी प्रावधानहरू 'नेशनल एमआरभी फ्रेमवर्क २०२५' अनुसार सञ्चालन हुने नयाँ व्यवस्था गरिएको छ । साथै, नेपाल सरकार तथा रामग्राम नगरपालिकाका प्रचलित कानुन, नीति, नियम, योजना र कार्यक्रमहरू बमोजिम नै यी परियोजनाहरू कार्यान्वयन गरिनेछन् ।

जलवायु तथा कार्बन कार्यक्रम अन्तर्गत योग्य परियोजनाहरूबाट प्राप्त हुने कार्बन क्रेडिट र जलवायु वित्त स्थानीय तहसम्म प्रवाह गर्ने व्यवस्था मिलाइने छ । यसरी प्राप्त हुने रकम वा स्रोतको प्रयोग ‘जलवायु वित्त सञ्चालन कार्यविधि, २०८२’ तथा सम्बन्धित योजना र कार्यक्रम अनुसार केवल जलवायुसम्बन्धी कार्यहरूमा मात्रै खर्च गर्न पाइने छ ।

यसै सन्दर्भमा नगरपालिकाले आफ्नो क्षेत्रभित्र क्रियाशील निजी क्षेत्रका व्यावसायिक संस्थाहरूलाई पनि यस कार्यक्रममा सहभागी गराउन आशयपत्र (इओआइ) आह्वान गरेको छ । सहभागी हुन चाहने व्यावसायिक संस्थाहरूले नगरपालिकालाई आवश्यक सामग्री, सेवा तथा गतिविधिको डेटा उपलब्ध गराउनुका साथै कार्बन लेखा-जोखा र डिकार्बोनाइज्ड रेट विश्लेषणका लागि प्राविधिकहरूसँग समन्वय गर्नुपर्नेछ ।

त्यस्तै, प्राविधिक प्रतिवेदन, डिकार्बोनाइज्ड रेट शीट तथा कार्बन लागत विवरणको आधारमा परियोजनामा सहभागी गराइने र कार्यक्रमको डिजाइन, परियोजना छनोट तथा लाभ वितरणका सम्पूर्ण प्रक्रिया 'कार्बन व्यापार नियमावली, २०८२' बमोजिम हुने सार्वजनिक सूचनामा उल्लेख छ ।

आशयपत्र दर्ता गर्न इच्छुक संस्थाहरूले फारम पेस गर्नुअघि वा साथै नगरपालिकाद्वारा तोकिएको फोकल पर्सनसँग अनिवार्य रूपमा सम्पर्क गरी समन्वय र स्पष्टीकरण लिनुपर्नेछ । समन्वय नगरेको अवस्थामा आवेदन प्रक्रियामा समावेश नगरिने सूचनामा जनाइएको छ । यो फारम रोलिङ आधारमा जुनसुकै समयमा दर्ता गर्न सकिनेछ तर परियोजना सम्पन्न हुनुभन्दा कम्तीमा ६ महिना अगावै आवेदनको प्रमाणीकरण सम्पन्न भइसकेको हुनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३