विद्युत अपडेट

  • प्राधिकरण : ८९२६ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३८४२ मे.वा.घन्टा
  • निजी क्षेत्र : २९७६५ मे.वा.घन्टा
  • आयात : ३६८० मे.वा.घन्टा
  • निर्यात : ४१९२ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५६२१३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २६२९ मे.वा.
२०८३ जेठ २८, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपालको जलविद्युत् तथा ऊर्जा क्षेत्रको विकासमा निजी क्षेत्रको छाता संगठन स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) को २४औँ वार्षिक साधारणसभाले यतिबेला राष्ट्रिय ध्यान आकर्षित गरेको छ । नयाँ नेतृत्व चयनको सरगर्मी बढिरहेका बेला जलविद्युत् क्षेत्रमा एक कुशल व्यवस्थापक र प्रविधिको रूपमा परिचय बनाएका इन्जिनियर दीपक पौड्यालले उपाध्यक्षका लागि आफ्नो दरिलो उम्मेदवारी घोषणा गरेपछि निर्वाचनको माहोल थप ऊर्जावान् र वैचारिक बनेको छ ।

बलराम खतिवडा प्यानलबाट उम्मेदवारी घोषणा गरेका उनी विगत एक दशकभन्दा बढी समयदेखि नेपालको जलविद्युत् इन्जिनियरिङ र आयोजना व्यवस्थापनमा निरन्तर सक्रिय छन् । पौड्याल ऊर्जा वृत्तमा एक अध्ययनशील, दूरदर्शी र नतिजामुखी युवा नेतृत्वका रूपमा पनि चिनिन्छन् । सैद्धान्तिक ज्ञान र व्यावहारिक अनुभवको अनुपम संगम बोकेका उनले त्रिभुवन विश्वविद्यालय अन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थानबाट इन्जिनियरिङ गरेका छन् ।

यस्तै, व्यवस्थापनमा कार्यकुशलता हासिल गर्न एमबीएको अध्ययन समेत पूरा गरेका छन् । उनको यो प्राविधिक र व्यवस्थापकीय पृष्ठभूमिले इपानलाई आगामी दिनमा व्यावसायिकरूपमा अघि बढाउन ठूलो योगदान दिने विश्वास गरिएको छ ।

हाल प्रतिष्ठित औद्योगिक घराना एमभी दुगड ग्रुप अन्तर्गतका जलविद्युत् आयोजनाको प्रमुख कार्यकारी अधिकृतको रूपमा महत्त्वपूर्ण जिम्मेवारी सम्हालिरहेका पौड्यालसँग ठूला पूर्वाधार निर्माणको प्रत्यक्ष अनुभव छ । यही समूह अन्तर्गत रहेर उनले १६० मेगावाट जलविद्युत् उत्पादनमा प्रत्यक्ष योगदान पुर्‍याइसकेका छन् । उनी राष्ट्रिय गौरवको रूपमा अघि बढिरहेको ४६.७२ मेगावाटको सानीभेरी जलविद्युत् आयोजनाको मुख्य कोर टिम सदस्यका रूपमा समेत रहेर प्रवर्द्धन र विकासमा सक्रिय छन् । यसअघि उनले अन्तर्राष्ट्रिय क्षेत्रमा 'एप्लिकेसन डिजाइन कम्पनी लिमिटेड' र स्वदेशमा 'मोगा इन्फ्राब्लक्स लिमिटेड' जस्ता संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन् ।

पौड्यालसँग डिजाइन इन्जिनियरका रूपमा जापानमा समेत काम गरेको अनुभव छ ।

यही क्षेत्रमा क्रियाशील रहेकाले उनले एक प्रवर्द्धकले भोग्नुपर्ने वास्तविक चुनौती र समस्यालाई नजिकबाट बुझेका छन् । ऊर्जा उत्पादकमाझ मात्र नभई बैंकिङ र नीतिगत क्षेत्रमा समेत बलियो पकड र सद्भाव राख्ने पौड्यालको उम्मेदवारीले युवा पुस्ताका ऊर्जा उद्यमीमा नयाँ उत्साह थपेको छ ।

'एकताबद्ध र सबल इपान निर्माण'को मूल नारा बोकेका इन्जिनियर पौड्यालको आगमनले इपानलाई एउटा संघको रूपमा मात्र नभई नेपालको आर्थिक समृद्धिको बलियो खम्बाको रूपमा स्थापित गर्न मद्दत पुग्ने विश्वास गर्न सकिन्छ । २४औँ साधारणसभा नजिकिँदै गर्दा उनको यो व्यावसायिक र दूरदर्शी उम्मेदवारीलाई ऊर्जा क्षेत्रले निकै महत्त्वका साथ हेरेको छ ।

पौड्यालका प्राथमिकता

•    नीति तथा नियमन: ऊर्जा क्षेत्रमैत्री, लगानीकर्तामैत्री र झन्झटमुक्त नीति निर्माणका लागि राज्यका निकायसँग सशक्त पैरवी गर्ने ।

•    लगानी प्रवर्द्धन: राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पूँजी जलविद्युत् क्षेत्रमा भित्र्याउन र आयोजनाका लागि वित्तीय पहुँच सहज बनाउन अग्रणी भूमिका खेल्ने ।

•    समन्वय र सहकार्य: निजी प्रवर्द्धक, सरकार, वित्तीय संस्था र स्थानीय समुदायबीच सुमधुर समन्वय स्थापित गर्दै त्रिपक्षीय हितको रक्षा गर्ने ।

•    ऊर्जा व्यापार र बजार: उत्पादित विद्युतको आन्तरिक खपत बढाउँदै सीमापार ऊर्जा व्यापारलाई सहज र विस्तारित बनाउन ठोस पहल गर्ने ।

•    दिगो विकास र वातावरण संरक्षण: वातावरणीय सन्तुलन कायम राख्दै पर्यावरणमैत्री र दिगो जलविद्युत् आयोजनाहरूको विकासमा जोड दिने ।

•    क्षमता अभिवृद्धि: इपानका सम्पूर्ण सदस्यहरूको व्यावसायिक हकहितको संरक्षण गर्ने र प्रवर्द्धकहरूको संस्थागत एवम् प्राविधिक क्षमता अभिवृद्धिका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३