विद्युत अपडेट

  • प्राधिकरण : ६७२७ मे.वा.घन्टा
  • सहायक कम्पनी : ४४०४ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२८०५ मे.वा.घन्टा
  • आयात : ११९२० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८९५७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २००२ मे.वा.
२०८१ चैत १८, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । रायन इनर्जी प्रालिले नेपालमा दुई र तीन पाङ्ग्रे विद्युतीय सवारी साधनका लागि ब्याट्री स्टेशन सञ्चालनमा ल्याउने भएको छ । काठमाडौँमा मंगलबार एक कार्यक्रमको आयोजना गरी कम्पनीले नेपालमै नौलो यस अवधारणाबारे सञ्चारकर्मीहरूलाई एक विशेष प्रस्तुतिसहित जानकारी गराएको हो ।

कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक दीपक रौनियारले सुरुमा देशभर तीन पाङ्ग्रे सवारीका लागि १ सय वटा र दुई पाङ्ग्रेका लागि ३० वटा ब्याट्री स्टेशन सञ्चालनमा ल्याउने जनाएका छन् । ‘यी स्टेशनहरूमा सवारीधनीले चार्ज सकिएको ब्याट्री छोडेर चार्ज भएको अर्को ब्याट्री जडान गरी लैजान सक्छन्, यो एक हिसाबले ग्यासको सिलिन्डर बदलेको जस्तै हुनेछ,’ परियोजनाको अवधारणा बुझाउँदै उनले भने, ‘यसले ब्याट्री चार्जका लागि सवारीधनीले कुर्नु पर्दैन, ब्याट्रीको स्वामित्व पनि लिनु पर्दैन तर निश्चित शुल्क भने तिर्नुपर्छ ।’

यो सुविधाले सवारी साधनले चार्ज नभएकै कारण रोकिनु पर्ने बाध्यताबाट मुक्त हुने र आफूले चाहेको बेला चौबिसै घण्टा व्यावसायिक लाभ लिन सक्ने तथा विद्युतीय सवारी साधनकाे खरिदमा सवारीधनीकाे लागतसमेत घटाउने उनको भनाइ छ । भविष्यमा यस्ता स्टेशन देशैभर थप विस्तार गर्दै लाने कम्पनीकाे याेजना छ ।

उनका अनुसार नेपालका अग्रणी नवीकरणीय ऊर्जा क्षेत्रका लगानीकर्ताद्वारा २०७७ साल पुसमा स्थापना गरिएको यस कम्पनीले दुई, तीन तथा चार पाङ्ग्रे विद्युतीय सवारी साधनको एसेम्ब्ली प्लान्ट तथा उन्नत ब्याट्री अदलाबदली संयन्त्र तथा सञ्चालन प्रणाली एकीकृत गरी नेपालको यातायात क्षेत्रमा दिगो भविष्य निर्माण गर्ने उद्देश्य लिएको छ । 

उनका अनुसार कम्पनीले २०७८ पुस ५ गते उद्योग, वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र वन तथा वातावरण मन्त्रालयबाट दुई, तीन र चार पाङ्ग्रे विद्युतीय सवारी साधनको डिजाइन तथा संयोजन, नवीकरणीय ऊर्जा प्रणाली एकीकरण र वितरण, ग्रामीण तथा सहरी विद्युतीकरणका साथै सौर्य सिँचाइ, पावर ब्याकअप प्रणाली एकीकरण तथा स्थापना लगायतका विभिन्न व्यावसायिक क्षेत्रमा काम गरिरहेकाे छ ।

भविष्यमा यस परियोजनालाई बंगलादेश लगायतका अन्य मुलुकमा समेत विस्तार गर्ने कम्पनीको लक्ष्य रहेको उनले जानकारी गराए । परियोजना कार्यान्वयनका लागि ७० प्रतिशत बैंक ऋण र ३० प्रतिशत प्रवर्द्धकको लगानी रहने छ । प्रवर्द्धकको लगानी मध्येबाट सर्वसाधारणका लागि सेयर समेत जारी गरिने छ ।

यसैबीच, कम्पनीले आर्थिक वर्ष २०८२/८३ मा सर्वसाधारणका लागि प्राथमिक शेयर निष्काशन गर्ने समेत कार्यक्रममा जानकारी गराएको छ । यसका लागि संस्थागत परामर्श तथा व्यावसायिक अवधारणा र प्राथमिक शेयर निष्काशन सम्बन्धी सेवाका लागि कम्पनीले ग्लोबल आइएमई क्यापिटल लिमिटेडसँग सम्झौता समेत गरेको छ । बुधबार भएको उक्त द्विपक्षीय सम्झौता पत्रमा रायन इनर्जीका तर्फबाट प्रबन्ध निर्देशक रौनियार र ग्लोबल आइएमईका क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मन्दीप लुइँटेलले हस्ताक्षर गरे ।

सम्झौताका क्रममा सिइओ लुइँटेलले विगतमा विद्युत् उत्पादन, त्यसपछि प्रसारण पूर्वाधारको विकासमा देशले ध्यान केन्द्रित गरेको भए पनि अब विद्युत्को खपत बढाउनेतर्फ ध्यान दिनुपर्ने भएकोले यो परियोजना नेपालका लागि उपयुक्त अवधारणा भएको बताए । यस परियोजनाले दिगो यातायातको भविष्यलाई अघि बढाउँदै कार्बन उत्सर्जनको लक्ष्यमा समेत सघाउ पुर्‍याउने उनको भनाइ थियो । परियोजनामा ग्लोबल आइएमई क्यापिटलका तर्फबाट अवधारणागत परामर्श सहयोग र सेयर निष्काशनसम्बन्धी कार्यमा सहयोग रहने उनले बताए ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३