विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ३०, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ ।  ४९.९५ मेगावाटको दाना खोला जलविद्युत् आयोजनाको सिभिल संरचना निर्माणको सम्झौता सम्पन्न भएको छ । लालुपाते हाइड्रोपावर कम्पनीले प्रवर्द्धन गर्न लागेको आयोजनाको सिभिल निर्माणको ठेक्का साई–पावर इन्फ्रा जेभीले पाएको हो । गत असोज २२ गते आह्वान गरिएको बोलपत्रमा हाई हिमालय हाइड्रो कन्स्ट्रक्सन लिमिटेड, सिई कन्स्ट्रक्सन प्रालि, शेर्पा हाइड्रो कन्स्ट्रक्सन प्रालि, बाबरी कन्स्ट्रक्सन प्रालि र पाराम्याक्स कन्स्ट्रक्सन गरी ७ वटा कम्पनीले भाग लिएका थिए । ती मध्ये निर्माणको सबैभन्दा न्यूनतम दररेट पेस गर्ने साई–पावरले ठेक्का पाएको प्रवर्द्धक कम्पनीका कार्यकारी अध्यक्ष मोहन डाँगीले जानकारी दिएका छन् । 

सम्झौता पत्रमा प्रवर्द्धक कम्पनीका अध्यक्ष डाँगी र निर्माण ठेकेदार कम्पनीका महाप्रबन्धक घनबहादुर श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार आगामी ३० महिना अर्थात् २०८४ असारभित्र पूरा सिभिल संरचनाको निर्माण कार्य पूरा गर्नुपर्ने छ ।

कूल ९ अर्ब ९६ करोड रुपैयाँ लागत अनुमान रहेको आयोजनामा ६ वटा बैंक तथा वित्तीय संस्थाले ७ अर्ब ४७ करोड रुपैयाँ (७५ प्रतिशत) र प्रवर्द्धकहरूबाट २४९ करोड रुपैयाँ (२५ प्रतिशत) लगानी गर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ । मनाङको दाना खोला (डोना खोला) मा निर्माण गर्न लागिएको आयोजना नासौं गाउँपालिकाको वडा नम्बर २, ३, र ५ मा यो आयोजनाका संरचना निर्माण हुनेछन् ।  आयोजनाको विद्युत्गृह मनाङको खोत्रो भन्ने स्थानमा रहने छ ।

कार्यकारी अध्यक्ष डाँगीका अनुसार आयोजनाका विद्युत्गृहमा आवास भवन, आर्मी क्याम्प निर्माण भइसकेको छ । पहुँचमार्ग निर्माण भइरहेको छ । जग्गा खरिद गरिसकिएको छ । हाइड्रो मेकानिकल तथा इलेक्ट्रो मेकानिकल कार्यका लागि आह्वान गरिएको बोलपत्र अनुसार पेस भएका प्रस्तावउपर छलफल चलिरहेको छ ।

सबै संरचना भूमितग 

आयोजनाको बाँध स्थल समुद्री सतहबाट २८२१.५ मिटरको उचाइमा रहेको छ । बाँधबाट २ वटा इन्टेक हुँदै आयोजनाको पानी भूमिगत डिसेन्डरमा पानी पुर्‍याइन्छ । डिसेन्डरबाट ३ किलोमिटर हेडरेस १९ किलोमिटर पेन्स्टक सुरुङबाट विद्युत्गृहमा पानी पुर्‍याई विद्युत् उत्पादन गरिने छ । विद्युत्गृह समुद्री सतहबाट १८२५ मिटरमा रहेको छ। विद्युत्गृहमा ३ वटा उत्पादन युनिट रहने गरी डिजाइन गरिएको छ । विद्युत् उत्पादन गरिएपछिको पानी ४१५ मिटर लामो टेलरेसबाट मर्स्याङ्दी नदीमा छोडिने छ । यो आयोजनाका बाँधबाहेकका धेरैजसो संरचना भूमिगत रहने छन् । 

हाल क्यु ४३.७ मा डिजाइन गरिएको यो आयोजनालाई क्यु ३४.११ मा डिजाइन गर्दा यसको क्षमता ८३.३ मेगावाट पुग्ने देखिएको छ । नीतिगत व्यवस्था गरिए आयोजनाबाट वार्षिक साढे ४ महिना ८३ मेगावाट विद्युत् उत्पादन गरी १११.९०२ गिगावाट घण्टा विद्युत् भारत निर्यात गर्ने गरी भारतको मणीकरण पावरसँग समझदारी गरिएको पनि कार्यकारी अध्यक्ष डाँगीले बताए । आयोजनाको विद्युत् प्रस्तावित २२० केभीको धारापानी सबस्टेशनमा जोडिने छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३