विद्युत अपडेट

  • प्राधिकरण : ५३२५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५८१४ मे.वा.घन्टा
  • निजी क्षेत्र : १६७०८ मे.वा.घन्टा
  • आयात : १००५२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८१७९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : मे.वा.
२०८२ माघ २८, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । सर्वोच्च अदालतले पटेल–रमण जेभीसँग सुनकोसी–मरिण डाइभर्सनको ठेक्का तोड्ने सरकारको निर्णय सदर गरेको छ । आयोजनाको बाँधलगायत संरचना निर्माण गर्न उक्त ठेकेदार कम्पनीसँग भएको ठेक्का सिँचाइ विभागले गत मंसिरमा ठेक्का तोड्ने, जमानत जफत र कार्यसम्पादन जफत गर्ने निर्णय गरेको थियो ।

उक्त तीनवटै निर्णयविरुद्ध ठेकेदार कम्पनीले सर्वोच्च अदालतमा ३ वटा मुद्दा दायर गरेको थियो । न्यायाधीश हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले मंगलबार ठेक्का तोड्नेसहित विभागका तीन वटै निर्णयलाई सदर गरेको हो । सर्वोच्चले यसअघि तीनवटै मुद्दामा जारी गरेको ‘अन्तरकालीन आदेशको निरन्तरता नहुने’ फैसला गरेको हो । फैसलासँगै ठेकेदार कम्पनीले आयोजनाको कार्यसम्पादनका लागि राखेको २ अर्ब ४० करोड रुपैयाँ बैंक ग्यारेन्टी र अग्रिम भुक्तानीबापत राखेको १ अर्ब २० करोड रुपैयाँ जफत हुने भएको छ । त्यस्तै, अब आयोजनाको नयाँ ठेक्काका लागि रोकिएको प्रक्रिया अघि बढाउनसमेत विभागलाई बाटो खुला भएको छ ।

राष्ट्रिय गौरवको सूचीमा रहेको तथा सिन्धुली र रामेछाप जिल्लाको सिमानामा पर्ने सुनकोसी नदीमा उक्त आयोजना निर्माणाधीन छ । निर्माण पूरा गर्नुपर्ने समयावधि करिब ६१ प्रतिशत बितिसक्दा पनि भौतिक प्रगति भने करिब ११ प्रतिशत मात्र भएपछि विभागले उक्त ठेक्का तोडेको थियो ।

ठेकेदार कम्पनीले २०७९ साल पुसमा ठेक्का सम्झौता गरी ४ वर्ष ७ महिनामा सक्ने गरी १४ अर्ब ७ करोड ५९ लाख रुपैयाँमा आयोजनाका ठेक्का लिएको थियो । आयोजना अन्तर्गत उक्त ठेकेदार कम्पनीले सुनकोसी नदीमा ३० मिटर अग्लो र १५८ मिटर लम्बाइको बाँध र कमलामाई नगरपालिका–२ कुसुमटारमा विद्युत्‌गृह लगायतका संरचना निर्माण गर्नुपर्ने थियो ।  ठेक्का सम्झौता भएको थियो ।

आर्थिक वर्ष २०७७/७८ बाट सुरु भएको उक्त आयोजनाको निर्माण आव २०८४/८५ सम्ममा सक्ने लक्ष्य रहेको छ । तर जेभी कम्पनीको निर्माण प्रगति निकै सुस्त भएपछि ठेक्का तोडिएको हो ।

आयोजना अन्तर्गत कुसुमटारबाट १३.३ किलोमिटर लामो मुख्य सुरुङ निर्माण भइसकेको छ । बाँध निर्माणपछि उक्त सुरुङबाट प्रतिसेकेन्ड ६७ क्युसेक पानी कुसुमटारस्थित मरिण खोलामा खसालिने छ । सो क्रममा ३१.०७ मेगावाट विद्युत्समेत उत्पादन गर्ने योजना छ । कुल ४९ अर्ब ४२ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनाबाट तराईका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा गरी ५ जिल्लाका १ लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुर्‍याउने योजना छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३