काठमाडौं । नबिल बैंकले दराज (अनलाइन बजार) को ११/११ को अवसरमा ग्राहकहरुको लागि सुनौलो अफर ल्याएको छ । दराजसँगको साझेदारीमा कात्तिक २५ गते (बिहीबार) देखी मंसिर ३ गते (११ नोभेम्बरदेखि १९ नोभेम्बर) सम्मका लागि क्यासब्याक अफर सार्वजनिक गरेको हो ।
ग्राहकहरुले डेबिट कार्ड मार्फत १५% छुट वा अधिकतम ३ हजारसम्म र क्रेडिट कार्ड मार्फत १५% छुट वा अधिकतम ३ हजार ५ सय सम्म क्यासब्याक प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
उक्त अफर सुरु हुन लागेकोले नविल बैंकको नजिकको शाखामा गई खाता खोलि ग्राहक महानुभावहरुले डेबिट र क्रेडिट कार्ड मार्फत क्यासब्याक अफरको लाभ लिन बैंकले आग्रह गरेको छ ।
सन् १९८४ मा स्थापित यस बैंकले हाल १३५ शाखा, १८५ एटिएम र १ हजार ५ सय भन्दा बढि नबिल रेमिट एजेन्टहरु मार्फत आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको छ ।
बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ । यस बैंक ग्राहकवर्गको उच्च सन्तुष्टी एवम आधुनिक बैंकिङ्ग युगको शुरुवात गर्ने तर्फ केन्द्रित रहेको छ ।