विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नबिल बैंक र सहज बिच सम्झौता भएको छ । प्रदेश १ मा रहेका साना तथा मध्यम कृषि उद्यमलाई वित्तीय प्रवद्वन एवं सुदृढीकरणका लागि सम्झौता भएको हो ।

सम्झौतापत्रमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत, अनिल केशरी शाह र स्विस कन्ट्याक्ट नेपालका कन्ट्री डाइरेक्टर, सञ्जय कार्कीले हस्ताक्षर गरे । सम्झौता अनुसार बैकले आफ्ना ग्राहकहरुलाई गुणस्तरीय र नविनतम बैंकिङ सेवा प्रदान गर्ने नेपालको अग्रणी यस बैंकले स्विस कन्ट्याक्ट (प्रमुख एजेन्सीको रूपमा) र वातावरणीय तथा कृषि नीति अनुसन्धान, विस्तार र विकास केन्द्रद्वारा कार्यान्वयन गरिएको स्विस एजेन्सी फर डेभलपमेन्ट एण्ड कर्पोरेसन (एसडीसी) परियोजना सहज बिच प्रदेश नम्बर १ मा वित्तीय समावेशीकरण वृद्धि गरी कृषि उद्यम प्रवद्र्वन र  सुदृढीकरण गर्नेछ । 

बैंकले सदैब वित्तीय समावेशीकरणलाई प्राथमिकता दिदै आएको र कृषि क्षेत्रमा गरीने कर्जा प्रवाहले नेपालको अर्थतन्त्रको दिगो विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने शाहले बताए । जनता र समुदायको जीवनमा सुधार गर्ने दिगो अवसरहरू सिर्जना गर्न एवं त्यसलाई आकार दिन निजी क्षेत्रका संस्थाहरू र सम्बन्धित सरोकारवालाहरूसँग साझेदारीमा स्विस कन्ट्याक्ट नेपाल विश्वास गर्ने कार्कीले बताए ।

बैंकले समृद्ध र समावेशी कृषि क्षेत्रको विकास गर्न दिएको प्राथमिकतालाई आत्मसाथ गर्दै स्विसकन्ट्याक्ट नेपालको प्रमुख परियोजना सहजले बैंकलाई आफ्नो विद्यमान क्षमतामा सुधार गर्न र प्रदेश १ मा स्थित कृषि व्यवसायलाई नवीन सेवा तथा उत्पादनहरू प्रदान गर्नका लागि वित्तीय र प्राविधिक सहयोग उपलब्ध गराउन बैंकसँग साझेदारी गरेको हो ।
 

यस सम्झौता अन्तर्गत बैंकले हाल कृषि व्यवसायीलाई उपलब्ध गराउने कर्जा सुबिधा प्रक्रियामा विशेष सुधार गरी प्रदेश १ मा रहेका कृषि उद्यमी÷व्यवसायीहरुको वास्तविक आवश्कता अनुकूल वित्तीय श्रोत र साधनमा पर्याप्त परिवर्तन ल्याउन यस नविन कार्यमा सहज सँग साझेदारी गर्न पाउदा नबिल बैंक गौरवान्भित भएको छ ।

बैंकले देशभर रहेका आफ्ना १३५ वटा शाखा, १८८ एटिएम, ७ एक्सटेन्सन काउन्ट∕ र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरू सहितको बृहत सन्जाल मार्फत बैंकले निरन्तर गुणस्तरिय सेवा प्रवाह गरिरहेको छ । ३७ बर्षको अनुभबका साथ दक्ष जनशक्ति र सुरक्षित बैंकिङ्ग प्रणाली मार्फत बैंकका ग्राहकहरुलाई विस्तारित एवं उच्च स्तरीय सेवा प्रदान गर्ने तर्फ बैंक लक्षित छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit