विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विभिन्न सेवा समूह तथा उपसमूहमा कार्यरत ३ जना उच्च पदाअधिकारीलाई उप–निर्देशकमा बढुवा गरेको छ । प्राधिकरण बढुवा सिफारिस समितिले शनिबार जेष्ठता, कार्यसम्पादन तथा कार्यक्षमता मूल्याङ्कनका आधारमा ८ तहका ती कर्मचारीलाई उप–निर्देशक (९ तह) मा बढुवा गरेको हो ।

कर्मचारी सेवा विनियमावली, २०६२ (संशोधनसहित) को विनियम ४३ (क) र विनियम ५० मा भएको व्यवस्थाअनुसार कर्मचारीको बढुवा गरी रिक्त स्थानमा पदपूर्ति गरेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले २३ गतेको निर्णय अनुसार बढुवा गरेको हो ।

जेष्ठताका आधारमा शेरजंग कार्कीलाई उप–निर्देशकमा बढुवा गरिएको छ । यस्तै, कार्यक्षमता मुल्याङकनका आधारमा लिलाकुमारी अर्याल र दिनेश कुमार श्रेष्ठलाई बढुवा गरिएको छ ।

प्राधिकरणले यस अघि पनि पहिलो चरणमा १९ गतेको निर्णय अनुसार १५ कर्मचारीलाई र दोस्रो चरणमा २० गतेको निर्णय अनुसार ९ कर्मचारीलाई बढुवा गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit