विद्युत अपडेट

  • प्राधिकरण : ४४६६ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५१०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५९४४ मे.वा.घन्टा
  • आयात : १२१८४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७८९९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०२१ मे.वा.
२०८२ फाल्गुण १६, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा


दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका–७ मार्बूमा निर्माणाधीन ३० मेगावाटको खानी खोला (दाेलखा) जलविद्युत् आयोजनाको बाँध क्षेत्रमा बाढीले क्षति पुर्‍याएको छ । निर्माणको अन्तिम चरणमा पुगेको आयोजनामा गएराती आएको आएको बाढीले क्षति पुर्‍याएको हो । आयोजनाको बाँध, इन्टेक, बालुवा थिग्रयाउने पोखरी लगायतका संरचना तयार भएका थिए । आउँदो असोजभित्र विद्युत् उत्पादन गर्ने गरी आयोजनाको काम अन्तिम चरणमा पुगेको बेला बाढीले बाँध क्षेत्रमा क्षति पुर्‍याएको खानी खोला जलविद्युत् आयोजनाको प्रर्द्धक कम्पनी साशा  हाइड्रोपावर कम्पनीका सहायक प्रबन्धक छिरिङ शेर्पाले जानकारी दिए ।

‘अहिले बाँध र इन्टेकमा क्षति भएको छ भने बालुवा थिग्रयाउने पोखरीमा लेदो भरिएको देखिएको छ,’ उनले भने, ‘के कति क्षति भयो, अध्ययनपछि थाहा हुन्छ ।’ आयोजनाको विद्युत्‌गृहमुनि पनि केही क्षति पुर्‍याएको उनले बताए । बाढीले आयोजनाको बाँध क्षेत्रमा रहेको ठेकेदारको गोदाम घर र त्यहाँ रहेका ५ सय बोरा सिमेन्ट, डण्डी, क्रसरसमेत बगाएको छ । 

बाढीका कारण आयोजनाको विद्युत् उत्पादन ६ महिनासम्म पछि धकेलिन सक्ने उनले बताए । यही खोलामा बाढीका कारण २ वर्षअघि पनि निर्माणाधीन बाँधक्षेत्रमा क्षति पुर्‍याएको थियो । 

४० मेगावाटको खानी खोला–१ जलविद्युत् आयोजनाको बाँध क्षेत्र हनबू क्षेत्रमा ठूलो पहिरो आएर थुनिएको खोला एक्कासी फुट्दा बाढी आएको गौरीशंकर गाउँपालिका–७ का वडा अध्यक्ष सोनाम शेर्पाले बताए । बाढीले गुरुम्फीदेखि कोप्लाङसम्मको खोला किनारको सडक बगाएको उनले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३