विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । वाइ वाइ चाउचाउको उत्पादक सीजी फुड्स नेपाल लिमिटेडले नेपाल क्रिकेट एशोसिएसन (क्यान) लाई ६० लाख रूपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । सोमबार आयोजित पत्रकार सम्मेलनमा चौधरी ग्रुपका प्रबन्धक निर्देशक निर्वाण चौधरीको उपस्थितीमा क्यानका सचिव पारस खड्‌का र सीजी फुड्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ)  प्रदिप पुडासैनीले सहयोग सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

वाइ वाइले महिला अन्डर–१९ क्रिकेट टिमलाई प्रायोजन गर्न ३० लाख तथा अन्य क्रिकेट गतिविधि सञ्चालनका लागि ३० लाख गरी जम्मा ६० लाख रूपैयाँ क्यानलाई सहयोग गर्ने भएको हो । यसअघि विगत लामो समयदेखि पुरुष अन्डर–१९ क्रिकेट टिमलाई समेत वाइ वाइले प्रायोजन गर्दै आएको थियो । 

विगत २० वर्षदेखि नेपाली क्रिकेटको सहयात्री रहँदै आएको वाइ वाइले यसअघि विश्वकपमा सहभागी राष्ट्रिय टिमलाई प्रोत्साहन स्वरुप सुपर–८ मा पुग्न सफल भएमा ३० लाख रूपैयाँ उपलब्ध गराउने घोषणा गरिसकेको छ । त्यस्तै वाइ वाइले  समग्र नेपाली टिमको मनोबल उच्च बनाउन प्रत्येक रन वापत १ हजार, प्रत्येक चौका वापत ८ हजार, प्रत्येक छक्का वापत १२ हजार, प्रत्येक विकेट वापत १५ हजार, प्रत्येक अर्धशतक वापत ५० हजार, प्रत्येक शतक वापत १ लाख र नेपाली टिमको प्रत्येक जितमा १ लाख ५० हजार रूपैयाँ नगद उपलब्ध गराउने घोषणा गरिसकेको छ ।

नेपालको सर्वाधिक लोकप्रिय ब्राण्ड वाइ वाइ चाउचाउले नेपाल दोस्रो पटक आइसिसी पुरुष टि–२० विश्वकपमा सहभागी हुन सफल भएको ऐतिहासिक क्षणलाई अविष्मरणीय बनाउन तथा नेपाली क्रिकेट टिमलाई प्रोत्साहन र समर्थन गर्न ‘वाइ वाइ क्रिकेट स्पेसल एडिसन प्याकेट’ समेत बजारमा ल्याएको छ ।

सीजी फुड्स नेपाल लिमिटेडले क्यानसँगको सहकार्यमा क्रिकेट स्पेसल एडिसन प्याकेटको अवधारणा कार्यान्वयनमा ल्याएको जनाएको छ । टि–२० विश्वकपमा नेपाली राष्ट्रिय टिमका साथ रमाइरहेका नेपाली दर्शकका लागि वाइ वाइको यो प्याकेट विशेष हुने कम्पनीले जनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३