विद्युत अपडेट

  • प्राधिकरण : १००११ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३४८१ मे.वा.घन्टा
  • निजी क्षेत्र : २८४८८ मे.वा.घन्टा
  • आयात : १०८२ मे.वा.घन्टा
  • निर्यात : ६७३५ मे.वा.घन्टा
  • ट्रिपिङ : ७०० मे.वा.घन्टा
  • ऊर्जा माग : ५३७६१ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २६३६ मे.वा.
२०८२ असार ४, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण अन्तर्गतकाे तालिम व्यवस्थापन विभागले प्राधिकरणद्वारा सञ्चालन हुने तालिमलाई मागमा आधारित, व्यवस्थित र वैज्ञानिक बनाउने उद्देश्यले तालिम आवश्यकता पहिचान गर्ने कार्यको थालनी गरेको छ । तालिमको आवश्यकता पहिचान गर्न पहिलो चरणमा अनलाइन सर्वेक्षण गर्ने र दोस्रो चरणमा विज्ञ सम्मिलित गोष्ठी सञ्चालन गर्ने तयारीसमेत गरेकाे जनाएको छ । 

प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य आएपछि  तालिमलाई थप व्यवस्थित बनाउन नीतिगत निर्देशन भएबमोजिम विभागले तालिमलाई व्यवस्थित र नतिजामुखी बनाउन नवीन प्रयास प्रयास सुरू गर्ने क्रममा तालिम आवश्यकता पहिचान सुरु गर्न लागेको विभागले जनाएकाे छ । 

विभागका अनुसार चालु आर्थिक वर्षको जेठसम्म प्राधिकरणले कुल ७१ तालिम सञ्चालन गरिसकेको छ । जसबाट २०५० कर्मचारीले विभिन्न किसिमका तालिम लिइसकेका छन् । 

तालिम व्यवस्थापन विभागले पहिलो पटक कर्मचारीहरूको ३० कार्यदिनको सेवाकालीन तालिम समेत सुरू गरिसकेको जनाएको छ । आगामी दिनमा तालिम व्यवस्थापन विभागलाई उत्कृष्टताको केन्द्र बनाउने गरी योजना बनिरहेका र केही योजनाहरूको कार्यान्वयन समेत हुन थालेको तालिम व्यवस्थापन विभागका प्रशासन प्रमुख भरत केसीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३