विद्युत अपडेट

  • प्राधिकरण : ७०७४ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३१११ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५३३५ मे.वा.घन्टा
  • आयात : ७३६४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३५४८५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १७५५ मे.वा.
२०८१ जेठ ७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । पुतलीसडकमा अवस्थित ख्यातिप्राप्त शैक्षिक परामर्शदाता संस्था राइटपाथ करियर काउन्सिलिङले वैशाख २९ गतेदेखि जेठ ८ गतेससम्म ११ दिनसम्म देशैभर ‘ग्राण्ड एजुकेशन कन्क्लेभ २०२४’ आयोजना गर्ने भएको छ । 

लामो समयदेखि विद्यार्थीलाई करिअर काउन्सिलिङ गर्दै आएइरहेको संस्थाले उक्त कन्क्लेभ काठमाडौँबाट सुरु गरेर देशका विभिन्न ठूला तथा मुख्य सहरमा आयोजना गर्ने भएको हो । 

संस्थाले एक पत्रकार सम्मेलनको आयोजना गरी वैशाख २९ गते काठमाडौँ, ३१ गते धनकुटा, जेठ ३ गते हेटौँडा, जेठ ४ गते चितवन, ५ गते बुटवल, ६ गते दाङ र ८  गते ललितपुरमा कन्क्लेभ सम्पन्न हुने तालिका रहेको जनाएको छ । 
 
राइटपाथका अनुसार कन्क्लेभका अवसरमा आवेदन प्रक्रिया (एप्लिकेसन प्रोसेसिङ) मा शत प्रतिशत छुटको अफर रहेको कम्पनीले जनाएको छ । त्यस्तै, फ्रि मुभी टिकेट तथा आकर्षक उपहारहरूको व्यवस्था रहेको छ ।  

त्यस्तै, संयुक्त राज्य अमेरिका (यूएसए) लक्षित २५ हजारसम्मको स्कलरसिप अफरदेखि ६ हजार लाग्ने आएल्स कोर्ष जम्मा २०८१ रुपौयाँमै पूरा गर्न सकिने छ । 

कन्क्लेभका अनवसरमा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थी तथा अभिभावकले २० भन्दा धेरै ख्यातिप्राप्त विश्वविद्यालयका प्रतिनिधिलाई विद्यार्थीहरुले एकै छानामुनि भेट्न सक्ने जनइएको छ । 

राइटपाथका प्रमुख कार्यकारी अधिकृत (सिइओ) फिलिप्स डिसीले भने, ‘युनिभर्सिटीका रिप्रिजेन्टेटिभबाटै विद्यार्थीले सत्यतथ्य जानकारी पाउन सक्नु हुन्छ भन्ने नै हाम्रो कार्यक्रमको उद्देश्य हो । विद्यार्थीको रिसर्चमा पनि यस्ता कार्यक्रमले धेरै मद्दत पुर्याउँछ ।’  

उनले विद्यार्थीलाई परीक्षापछिको तीन महिना समय खेर फाल्न नपरोस् भन्ने उद्देश्यका साथ यस्तो कार्यक्रम आयोजना गरिएको र भर्खरै प्लस टुको परीक्षा सकिएकाले पनि धेरै विद्यार्थीका लागि यो कार्यक्रम लाभदायी हुने बताए । 

त्यस्तै, वैशाख ३० गते सम्पन्न हुने भनिएको अफरहरू आगामी जेठ ८ गतेसम्म कायम हुने उनले बताएका छन् ।
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit