images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणद्वारा निलम्बनमा परेका कर्मचारी (सहायक इन्जिनियर) दिनेश शिवाकोटीले न्याय नपाए आत्मदाह गर्ने चेतावनी दिएका छन् । गृहमन्त्री रवी लामिछानेलाई सम्बोधन गर्दै एक पत्र लेखेर उनले यस्तो चेतावनी दिएको सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका छन् । आफ्नो जीवन रक्षाको माग गर्दै उनले ७ दिनभित्र सुशासनको प्रत्याभूति नभए प्राधिकरण परिसरभित्रै आत्मदाह गर्ने चेतावनी दिएका हुन् । 

पत्रको बोधार्थ उनले ऊर्जा मन्त्रालय र महालेखा नियन्त्रकको कार्यालयलाई समेत पठाएको उल्लेख गरेका छन् । उनले २४ फागुनमा राष्ट्रपतिलाई समेत पत्र लेखेर विभिन्न माग राखेको उल्लेख गरेका छन् । यद्यपी उनले राष्ट्रपतिलाई के लेखेका छन् भन्ने खुलाएका छैनन् । 

यसअघि नेविप्रा कर्मचारी सेवा, शर्त नियमावली २०७५ (संशाेधनसहित) विपरीतकाे गतिविधि गरेकाे भन्दै सहायक इन्जिनियर शिवाकोटीलाई प्राधिकरणले २३ फागुनदेखि लागु हुने गरी ६० दिनका लागि सेवाबाट निलम्बन गरेको थियो ।   

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit