विद्युत अपडेट

  • प्राधिकरण : ७१८९ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८२९० मे.वा.घन्टा
  • निजी क्षेत्र : २५८८२ मे.वा.घन्टा
  • आयात : ६६९ मे.वा.घन्टा
  • निर्यात : ३३०५ मे.वा.घन्टा
  • ट्रिपिङ : १७० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२२०० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२८० मे.वा.
२०८२ पुस ३०, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

म्याग्दी । म्याग्दीमा निर्माणाधीन ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजनाअन्तर्गत सुरुङभित्रका मुख्य संरचनाको निर्माण सम्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर लिमिटेडले निर्माण गरिरहेको यो आयोजना रघुगङ्गा गाउँपालिका–४ र ५ को सिमानामा अवस्थित छ ।

आयोजनाको बाँधदेखि रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरसम्म जोड्ने मुख्य सुरुङ, पेनस्टक पाइपलाइन, भर्टिकल प्रेसर साफ्ट, बटम प्रेसर साफ्ट, टप पेनस्टक तथा पेनस्टक पाइपलाइन जडान कार्य सम्पन्न भइसकेको छ ।

कुल ६ किलोमिटर २७० मिटर लामो मुख्य सुरुङ, १ किलोमिटर ८२ मिटर लामो पेनस्टक पाइपलाइन, १९६ मिटर भर्टिकल प्रेसर साफ्ट, ६१ मिटर अग्लो सर्ज साफ्ट, ३२९ मिटर बटम प्रेसर साफ्ट तथा ५०९ मिटर टप पेनस्टक जडान भएको छ । विसं २०८१ साउन १५ गते ‘ब्रेकथ्रु’ भएको मुख्य सुरुङको प्लास्टर र ढलान कार्य सम्पन्न भएको आयोजनाका प्रबन्ध सञ्चालक गणेश केसीले जानकारी दिए ।

‘बाँधस्थल नजिकको अडिट–१, अधेरीखोलाको अडिट–२, पिप्लेको अडिट–३ र तिल्केनीचौरको अडिट–४ को जक्सनमा मात्र ग्राउटिङ र लाइनिङ बाँकी छ,’ उनले भने, ‘बटरफ्लाई भल्भ च्याम्बर र म्यानुअल च्याम्बरको संरचना पनि तयार भइसकेको छ ।’

हालसम्म आयोजनाको ९२ प्रतिशत भौतिक प्रगति भएको र २०८२ फागुनभित्र परीक्षण उत्पादन सुरु गर्ने लक्ष्यका साथ बाँध, सुरुङ, विद्युत्‌गृह, इलेक्ट्रोमेकानिकल तथा हाइड्रोमेकानिकलतर्फका बाँकी काम अन्तिम चरणमा पुगेको केसीले बताए ।

रघुगङ्गा गाउँपालिका–४ दग्नाम र वडा नम्बर ५ झिँको फेदीमा ३१ मिटर लामो र १७ मिटर अग्लो बाँध निर्माण सम्पन्न भएको छ । ११९.७ मिटर लामो, ३१ मिटर चौडाइ र १६ मिटर अग्लो डिसेन्डर (पानी थिग्राउने पोखरी) को निर्माण ९० प्रतिशत सम्पन्न भएको छ ।

तिल्केनीचौरमा निर्माणाधीन विद्युत्‌गृहको काम ९८ प्रतिशत पूरा भएको छ । विद्युत्‌गृहबाट निस्कने पानी कालीगण्डकी नदीमा मिसाउने १२८ मिटर लामो टेलरेस डक्ट निर्माण सम्पन्न भएको छ । २०–२० मेगावाट क्षमताका दुई युनिटमध्ये पहिलो युनिटमा टर्बाइन र जेनेरेटर जडान सकिएको र दोस्रो युनिटको उपकरण जडान अन्तिम चरणमा पुगेको आयोजनाका व्यवस्थापक राजबहादुर बिष्टले जानकारी दिए ।

भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल) सँग विसं २०७६ कात्तिकमा गरिएको इलेक्ट्रोमेकानिकल ठेक्काअनुसार उपकरण आयात तथा जडान कार्य तीव्र गतिमा अघि बढाइएको छ । विद्युत् गृह नजिकै स्विचयार्डका लागि फाउण्डेशन निर्माण सम्पन्न भई उपकरण जडान भइरहेको छ ।

आर्थिक समस्याका कारण २०७२ मा पुरानो ठेकेदारसँगको सम्झौता रद्द गरी आयोजनाको क्षमता ३२ मेगावाटबाट ४० मेगावाट पु¥याएर नयाँ प्रारूपमा निर्माण अघि बढाइएको थियो । आयोजनामा भारतीय एक्जिम बैङ्कको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानी रहेको छ ।

यस आयोजनाले वार्षिक २४ करोड ५ लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित २०७५ साल चैतमा विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) गरेको छ । घुमाउनेतालदेखि ११ किलोमिटर पहुँचमार्ग र एउटा बेलीब्रिज निर्माण गरी बाँध र विद्युत्‌गृह सिधा सडक सञ्जालमा जोडिएको छ, जसबाट स्थानीय बासिन्दा पनि लाभान्वित भएका छन् ।

राहुघाट जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् कालीगण्डकी कोरिडोरअन्तर्गत २२० केभी क्षमताको दाना–कुश्मा प्रसारण लाइनमार्फत केन्द्रीय ग्रिडमा जोडिनेछ । यसका लागि चारवटा टावर तथा प्रशारण लाइन निर्माण सम्पन्न भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३