विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरण पर्वत वितरण केन्द्रको विद्युत सेवा ५ दिनका लागि बन्द हुने भएको छ । केन्द्रले केन्द्र अन्तर्गका वितरण लाइन वरीपरीको रुख, बाँस, घाँस काट्ने, ट्रान्सफर्मर मर्मत तथा लाइन सुधार गर्नका लागि सेवा बन्द गर्न लागेको हो ।

सेवा शनिबार (भदौ २५ गते) देखि बुधबार (२९ गते) सम्म बन्द गरिने केन्द्रले जनाएको छ । केन्द्रका अनुसार बिहान दैनिक बिहान १० बजे सेवा बन्द गरेर मर्मत संभारको काम गरिनेछ र ५ बजे लाइन पून सूचारु गरिनेछ ।

केन्द्रको ११ केभी रत्नेचौर र बडागाँउ फिडरको सेवा बन्द हुनेछ । रत्नेचौर फिडर बन्द हुँदा जलजला गाउँपालिकाको वडा नम्बर ४, ७ र ८ का सम्पूर्ण क्षेत्रलगायत मिलनचोक, लस्ती, फर्से, नाग्लीवाङ, धाईरिङ क्षेत्र प्रभावित हुनेछ ।

यस्तै, वडागाउँ फिडर भने शनिबारमात्र बन्द हुनेछ । यो फिडर बन्द हुँदा हस्पिटल, अदालत, कटुवाचौपारी, ज्ञादी, मलमेडाँडा प्रभावित हुनेछ । तोकिएको समयअगावै काम पूरा भए निर्धारित समयअगावै सेवा सुरु गर्ने पनि केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३