विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । निर्माणाधीन १३२ केभी समुन्द्रटार–त्रिशूली डबल सर्किट प्रसारण लाइन अबको एक सातामा सञ्चालनमा आउने भएको छ । नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेकाे २६ किलाेमिटर लामाे प्रसारण लाइन बैशाख मसान्तभित्र सञ्चालन गर्ने तयारी भइरहेकाे हाे ।

प्रसारण लाइनका सबै ८४ वटा जग खनी टावर ठड्याएर तार तान्ने काम पूरा भएको आयोजना प्रमुख थर्कबहादुर थापाले बताए । ‘अहिले १.५ किलोमिटर क्षेत्रमा तार तन्काउने काम भइरहेको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘प्रसारण लाइनको २४.५ किलोमिटर  क्षेत्रमा तार तन्काउने काम भने पहिले नै पूरा गरिसकेका छाैं ।’

विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ महामारीका कारण आयोजनाकाे काम बन्द गर्नु पर्ने अवस्था नआएमा अबकाे ६ दिनभित्र प्रसारण लाइन सञ्चालमा ल्याउने तयारी भइरहेकाे उनले बताए । यो प्रसारण लाइन आयोजना २०७७ बैशाखदेखि  नै सञ्चालनमा ल्याउने तयारी भए पनि  विविध कारणले निर्माण धकेलिँदा एक वर्ष ढिला गरी सञ्चालन गर्न लागिएको हो ।

एक वर्षअघि कोरोना महामारीको संक्रमण राेक्न लगाइएकाे लकडाउन तथा निशेधाज्ञाकाे असरले लामो समय निर्माण प्रभावित हुँदा प्रसारण लाइनकाे सञ्चालन तालिका लम्बिएको हो । प्रसारण लाइन निर्माणका क्रममा स्थानीय अवरोधका कारण पनि केही समय काम प्रभावित हुन पुगेको थियो । स्थानीय समस्या समाधान गरेर निर्माण सुचारु गरिएको थियो ।

यस पटक ११ जना कर्मचारी तथा कामदार संक्रमित भए पनि निर्माण नराेकेकाे थापाले बताए । संक्रमण नभएका कामदार तथा कर्मचारीले सुरक्षा मापदण्डकाे पालना गरी प्रसारण लाइनकाे कामलाई निरन्तरता दिएका छन् ।

यस्तै, प्रसारण लाइन अन्तर्गतको समुन्द्रटार सबस्टेसन निर्माण पूरा भएको छ । नेपाल विद्युत प्राधिकरणले त्रिशूली रसुवा र नुवाकोटमा निर्माणाधीन जलविद्युत आयोजनाको विद्युत प्रवाह गर्न सन् २०१६ देखि यो प्रसारण लाइन निर्माण भइरहेको हो ।

चीनको इटिइआरएन सिसिसिई एफइपिइसी जेभीले प्रसारण लाइन निर्माण गरिरहेको छ । प्रसारण लाइन पूरा गर्न १ अर्ब ५१ करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।

यो प्रसारण लाइन सञ्चालनमा आउँदा करिब २ सय ७० मेगावाट हाराहारीमा विद्युत प्रवाह गर्न सकिने प्राधिकरणले जनाएको छ । यो प्रसारण लाइनमा जोडिने गरी अहिले ३५.३ मेगावाटका ७ जलविद्युत आयोजना निर्माणाधीन छन् ।

प्रसारण लाइन सञ्चालनमा आएपछि निर्माण पूरा भएको ५ मेगावाटको आँधीशक्ति जलविद्युत आयोजनाको विद्युत पनि यही प्रसारण लाइनमा जोडिनेछ । यी आयोजनाको विद्युत त्रिशूली ३ ‘बी’ हब सबस्टेसन हुँदै काठमाडौं आइपुग्नेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit