काठमाडौं । नेपाल विद्युत प्राधिकरणले १३२ केभी हेटौँडा–हर्दी सिंगल सर्किट प्रसारण लाइन बन्द गरेको छ । प्राधिकरण, २२० केभी हेटौँडा–भरतपुर–बर्दघाट प्रसारण लाइनले हेटाैँडा सबस्टेसन, चौकिटोल नजिकै तार तान्ने कार्य गनुपर्ने भएकोले १३२ केभी लाइन बन्द गरेको हो ।
बिहीबार (माघ २६ गते) देखि लाइन बन्द (सटडाउन) भएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार लाइन बन्द हुँदा प्राधिकरण, हेटौँडा ग्रिड महाशाखा अन्तर्गत रहेका हेटौँडा सबस्टेसन, चौकिटोल तथा हर्दी सबस्टेसनबाट सञ्चालित औद्योगिक तथा ग्रार्हस्थ्य फिडरहरूबाट सेवा प्रवाह बन्द हुनेछ ।
सेवा फागुन १ गते (सोमबार) सम्म बन्द हुनेछ । तोकिएको समयआगावै काम सकिएमा निर्धारित समयअगावै सेवा सुरु गर्ने प्राधिकरणले जनाएको छ ।