काठमाडौं । बरुण हाइड्रो पावर कम्पनी लिमिटेडको सेयर थप भएको छ । कम्पनीले आफ्ना सेयरधनीका लागि भदौ ६ गते देखि २६ गतेसम्मका लागि निष्कासन तथा बिक्री खुल्ला गरेको आवेदन अवधि भदाै ३१ गतेसम्मका लागि थप गरिएको हो ।
सय रुपैयाँ अंकित २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद सेयर निष्कासन गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सेयरधनीहरुका लागि १ सेयर बराबर १ः१ को अनुपातमा सेयर निष्कासन गरिएको हो ।
सेयरधनीमले भदौ ३१ गतेसम्म आवेदन दिन पाउँनेछन् । कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न आरविवि मर्चेन्ट बैकिङ् लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ ।
कम्पनीको ४.५ मेगावाटको हेवा खोला जलविद्युत आयोजना सञ्चालनमा छ । हेवा खोलाले २०६८ साउन २१ गतेदेखि नियमित विद्युत उत्पादन गरिरहेको कम्पनीले जनाएको छ ।