विद्युत अपडेट

  • प्राधिकरण : ६४१२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २०४९७ मे.वा.घन्टा
  • आयात : ८३८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२६६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२४६ मे.वा.
२०८२ माघ ४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ओखलढुङ्गा जिल्लाको मानेभन्ञ्याङ गाउँपालिकाको वडा नम्बर २ र ३ का स्थानीय अझै टुकी बत्तीको भरमा बस्न बाध्य छन् । पालिकाकाे उँवु र वाक्साका बिजुली पुग्न नसक्दा स्थानीय अन्धकारमा बस्न बाध्य भएका हुन् ।

नेपाल विद्युत प्राधिकरणले आवश्यक विद्युतीय संरचना नभएको भन्दै सेवा विस्तार नगर्दा लामो समयदेखि अन्धकारमा बस्नु परेको पालिकाका अध्यक्ष ज्ञानेन्द्र रुम्दालीले बताए । ‘हामीले विद्युतीकरणका लागि प्राधिकरण, ओखलढुंगा वितरण केन्द्रसँग बारम्बार कुरा गरिरहेका छौ’, उनले ऊर्जा खबरसँग भने, ‘केन्द्रले विगत लामो समयदेखि अनेक बाहान गर्दै सेवा विस्तार गरेको छैन् ।’

पालिका अन्तर्गत ९ वटा वडा छन् । ७ वटा वडामा विद्युत सेवा पुगिसकेको छ । बाँकी २ वटा वडाका स्थानीय अन्धकारमा बस्न बाध्य छन् । २ नम्बर वडाको पनि केही घरधुरीमा बिजुली पुगेको छ ।

विद्युतीकरणको ठेक्का पाएको ठेकेदारले सोचेअनुरुप काम नगर्दा विद्युत सेवा विस्तार गर्न नसकिएको केन्द्र प्रमुख प्रतिस ढकालले बताए । ‘पहिले विद्युतीय संरचना नभएकै कारण विद्युत सेवा पुर्याउन सकिएको थिएन्’, उनले भने, ‘अहिले ठेकेदारले बदमासी गर्दा काम नभएको हो, ठेकेदारलाई ताकेता गर्दै छौ, अब छिट्टै सेवा पुर्याउछौ ।’

चुनावको बेलामा भोट माग्दा जनप्रतिनिधिले बिजुली ल्याउने बताएपनि कार्यकाल सकिन लाग्दा समेत विद्युत विस्तारमा चासो नदेखिएको स्थानीयले बताएका छन् । ‘नजिकैको अर्को वडामा बत्ति झिलिमिली छ, पालिका अध्यक्षको घरसम्म बिजुली आइपुगेको छ, तर, वल्लो घरमा छैन्’ एक स्थानीयले भने ।

यो क्षेत्रमा विद्युतीकरण गर्न २०७७ सालमै ठेक्का सम्झौता भएको थियो । सम्झौता भएको  साढे २ वर्ष वितिसक्दा पनि केही काम भएको छैन् । पालिकाले २ वर्ष अघिनै यस क्षेत्रको विद्युतीकरणका लागि ट्रान्सफर्मर ल्याएको थियो ।

जिल्ला अर्न्तगगत अहिले करिब ६० प्रतिशत विद्युतीकरण भएको छ । पूर्ण विद्युतीकरणका लागि तिव्र गतिमा काम अघि बढाइएको ढकालले बताए ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३