काठमाडौं । बेनी हाइड्रो पावर प्रोजेक्ट लिमिटेडले साधारण सेयर निष्कासन अनुमतिका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएको छ । कम्पनीले प्रभावित स्थानीय र सर्वसाधारणका लागि छुट्याएको २० लाख कित्ता सेयर निष्कासन अनुमतिका लागि बोर्डमा आवेदन दिएको हो ।
२० करोड ८० लाख रकम बराबरको सय रुपैयाँ अंकित २० लाख ८० हजार कित्ता सेयर निष्कासन अनुमतिका लागि बोर्डमा आवेदन दिएको कम्पनीले जनाएको छ । कम्पनीले सेयर निष्कासन अनुमतिका लागि असोज ५ गते आवेदन दिएको हो ।
कम्पनीले बोर्डबाट अनुमति पाउने लगतै पहिलो चरण्मा प्रभावित स्थानीयका लागि सेयर निष्कासन तथा बाँडफाँड गरी दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गर्नेछ । कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न एनएमबी क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ ।
कम्पनीले सोलुखुम्बुमा १८ मेगावाटको माथिल्लो सोलु खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।