विद्युत अपडेट

  • प्राधिकरण : ९२६२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १०३९६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३२०२० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५८०८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५१६७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २४९८ मे.वा.
२०८२ मङ्सिर १९, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । कास्कीको अन्नपूर्ण गाउँपालिकामा अवस्थित छोम्रोङ खोलाको पानी सदुपयोग गर्ने गरी ४‍.८९४ मेगावाटकाे छोम्रोङ खोला साना जलविद्युत् आयोजना निर्माण हुने भएको छ । नदी प्रवाहमा आधारित (आरओआर) आयोजना निर्माणको अनुमति माग्दै प्रवर्द्धक घान्द्रुक हाइड्रोपावर प्रालिले विद्युत् विकास विभागमा आवेदन दिएको छ ।

विभागका अनुसार आयोजनाका सबै संरचनाहरू छोम्रोङ खोलाको बायाँ किनारमा निर्माणका लागि प्रस्ताव गरिएको छ । आयोजनाको खोलाको पानी फर्काउन ८ मिटर लामो ३ मिटर अग्लो बाँध निर्माण गरिने छ । बाँधसँगै खोलाको बायाँ किनारमा १.५ मिटर चौडाइको १.२ मिटर अग्लो २ वटा साइड इन्टेक निर्माण गरिने छ । त्यहाँबाट आउने पानीलाई ७ मिटर अग्लो ग्राभेल ट्र्याप हुँदै ३ मिटर चौडाइ र २.४९३ मिटर उचाइ भएको ५६ मिटर लामो सेटलिङ बेसिनमा लगिने छ । त्यसपछि ६ मिटर लम्बाइ, ६.४ मिटर चौडाइ र ३.६१ मिटर अग्लो हेडपोन्ड हुँदै ५४५ मिटर लामो हेडरेस पाइप हुँदै १८.४५ मिटर अग्लो सर्ज ट्याङ्कसम्म पुर्‍याइने छ । त्यहाँबाट पेनस्टक पाइपमार्फत उक्त पानीलाई २५.४ मिटर लम्बाइको ११.८५ मिटर चौडाइ र १० मिटर उचाइ भएको विद्युत्‌गृहमा पुर्‍याएर बिजुली उत्पादन गरिने छ ।

विद्युत्गृहमा रहने २ वटा युनिटमार्फत विद्युत् उत्पादन गरिने छ । त्यहाँबाट निस्केको पानीलाई २५ मिटर लामो टेलरेस पाइपबाट खोलामा छोडिने छ । आयोजनाबाट वार्षिक २८.५७ गिगावाट घण्टा विद्युत् उत्पादन हुने छ । उत्पादन हुने बिजुलीलाई १५ किलोमिटर लामो प्रसारण लाइनमार्फत माथिल्लो मोदी ‘ए’ जलविद्युत् आयोजनाको स्विचयार्डमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिने योजना छ ।

आयोजनाको निर्माण २०८४ साल मंसिर २२ गतेसम्ममा पूरा गरी विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३