विद्युत अपडेट

  • प्राधिकरण : ८८७३ मे.वा.घन्टा
  • सहायक कम्पनी : १२०५८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४२१४४ मे.वा.घन्टा
  • आयात : २५३ मे.वा.घन्टा
  • निर्यात : १५६५२ मे.वा.घन्टा
  • ट्रिपिङ : ९८० मे.वा.घन्टा
  • ऊर्जा माग : ६४३०७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८९२ मे.वा.
२०८१ असोज २०, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको नवौँ वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । साधारणसभाले कम्पनीको हकप्रद शेयर जारी गर्ने र सोको लागि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गरेको छ । 

त्यस्तै, साधारणसभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ । लेखा परीक्षकेको प्रतिवेदन सहित २०८१ असार मसान्तसम्मको वासलात र आर्थिक वर्ष २०८०/८१ को नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सम्बन्धित अनुसूचीहरू छलफल गरी पारित गरिएको छ ।

साधारणसाले आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक समेत निर्धारण गर्ने प्रस्तावसमेत पारित गरेको छ । 

कम्पनीले हाल बाग्लुङको जैमिनी नगरपालिकामा १.५ मेगावाटको ठेउलेखोला जलविद्युत् केन्द्र सञ्चालन गरिहेको छ । त्यस्तै, कम्पनीले म्याग्दीको धौलागिरी गाउँपालिकामा प्रस्तावित ३.४५ मेगावाटको सिंकोस खोला आंशिक जलाशय जलविद्युत् आयोजना र ठेउलेखोलाकै क्यास्केड आयोजनाको रुपमा ०.५१ मेगावाटको आयोजना पनि अघि बाउने तयारी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३