विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले धनगढी उपमहानगरपालिकाको कार्यालय परिसरमा निर्माण गरेको विद्युतीय सवारी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ । चार्जिङ स्टेसन आइतबारदेखि सञ्चालनमा आएको हो ।

आइतबार धनगढी उपमहानगरपालिकाका उप-प्रमुख कन्दकलाकुमारी रानाले चार्जिङ स्टेसनको उद्घाटन गरेकी छिन् । १४० किलोवाट क्षमताको चार्जर रहेको उक्त चार्जिङ स्टेसनमा छिटो चार्ज गर्न मिल्ने ६०–६० किलोवाटका डिसी र २२ किलोवाटका एसी चार्जर राखिएको छ ।

सवारी साधनको चार्ज गरिसकेपछि ग्राहकले क्यूआर कोड र मोबाइल एपमार्फत बिलको भुक्तानी गर्न सक्नेछन् । चार्जिङ स्टेसनमा पेट्रोलपम्पमा जस्तो मान्छे बसेर सेवा दिइरहनु नपर्ने प्राधिकरणले जनाएको छ । चार्जिङ स्टेसनमा पुगेर गाडी चार्ज गर्नुअघि सवारी धनीले कति मिनेटसम्म वा कति रुपैयाँको चार्ज गर्ने हो सोही अनुसारको कार्ड स्वाइप गरेर पैसा तिरेपछि त्यही अनुसार चार्ज हुने प्राधिकरणले जनाएको छ ।

बिहान र राति चार्ज गर्दा प्रतियुनिट १०.४४ रुपैयाँ, दिउँसो प्रतियुनिट ८.२८ रुपैयाँ र राति ११ बजेपछि चार्ज गर्दा प्रतियुनिट ६ रुपैयाँ चार्ज शुल्क तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३