विद्युत अपडेट

  • प्राधिकरण : ८८७३ मे.वा.घन्टा
  • सहायक कम्पनी : १२०५८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४२१४४ मे.वा.घन्टा
  • आयात : २५३ मे.वा.घन्टा
  • निर्यात : १५६५२ मे.वा.घन्टा
  • ट्रिपिङ : ९८० मे.वा.घन्टा
  • ऊर्जा माग : ६४३०७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८९२ मे.वा.
२०८१ कार्तिक ७, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाण्डौँ । पिपुल्स इनर्जी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्काशनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) सँग अनुमति मागेको छ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरमा आयोजना प्रभावित र सर्वसाधारणका लागि ६६ लाख कित्ता आईपीओ निष्काशनका लागि बोर्डसँग अनुमति मागेको हो । पिपुल्सलाई आईपीओ जारी गर्न विद्युत नियमन आयोगले गत २२ साउनमा सहमति दिएको थियो । धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले आईपीओ निष्काशन प्रक्रिया अघि बढाउनेछ ।

कम्पनीले आईपीओ जारी गर्न सबै प्रक्रिया पुरा गरी बोर्डमा आवेदन दिइएको पिपुल्स इनर्जी लिमिटेडका कार्यकारी अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिएका छन् । कम्पनीको बिक्री प्रबन्धक सानिमा क्यापिटल र सेयर प्रत्याभूतिकर्ता नागरिक लगानी कोष रहेको छ ।  आयोजनाको हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण जडानकार्य जारी छ । 

कम्पनीले दोलखा र रामेछापको सीमा नदी खिम्ती खोलामा ४८.८ मेगावाट क्षमताको खिम्ती–२ जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । आयोजनाबाट उत्पादित विद्युत गर्ज्याङ्ग–खिम्ती सबस्टेशनमा चार्ज गर्ने गरी भित्रने (लुप इन) र बाहिरिने (लुप आउट) १३२ केभी क्षमताको प्रसारण लाइन निर्माणको कामसमेत जारी रहेको अर्यालले बताए । 

सानिमा बैंकको अगुवाइमा वित्तीय व्यवस्थापन भएको उक्त आयोजनाको हालसम्म ८० प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको छ । २०८१ सालभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित आयोजनाका हेडवक्र्स, इन्टेक, सुरुङ्, विद्युत गृहलगायत संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको पिपुल्सका कम्पनी सचिव जनार्दन अर्यालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३