विद्युत अपडेट

  • प्राधिकरण : १००११ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३४८१ मे.वा.घन्टा
  • निजी क्षेत्र : २८४८८ मे.वा.घन्टा
  • आयात : १०८२ मे.वा.घन्टा
  • निर्यात : ६७३५ मे.वा.घन्टा
  • ट्रिपिङ : ७०० मे.वा.घन्टा
  • ऊर्जा माग : ५३७६१ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २६३६ मे.वा.
२०८२ असार २, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् जडान सम्झौता (केन्सन एग्रिमेन्ट) भइसकेका जलविद्युत् आयोजनाहरूलाई ४ दिनभित्र विवरण बुझाउन पत्राचार गरेको छ । विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) का लागि प्राथमिकताका आधारमा सूची तयार गर्ने प्रयोजनका लागि विवरण बुझाउन प्राधिकरणले ५१ वटा जलविद्युत् आयोजनालाई पत्राचार गरेको हो ।

प्राधिकरण सञ्चालक समितिको ९९४ औँ बैठकको निर्णय अनुसार उक्त सूची तयार गर्ने प्रयोजनका लागि गत जेठ २ गते कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले व्यवसाय विकास निर्देशनालयअन्तर्गत विद्युत् व्यापार विभागका उपकार्यकारी निर्देशकको संयोजकत्वसमा समिति गठन गरेका थिए । 

उक्त समितिले सक्दो छिटो पिपिएका लागि प्राथमिकताका आधारमा सूची तयारी गरी प्रतिवेदन बुझाउनु पर्ने भएको भन्दै ४ दिनभित्रै विवरण बुझाउन ती आयोजनाहरूलाई पत्राचार गरेको हो । 

प्राधिकरणले यसअघि गत वैशाख ३१ गते नदी प्रवाही (आरओआर) र आंशिक जलाशय (पिआरओआर) गरी १० मेगावाटमाथिका झण्डै ५ हजार मेगावाटकाका ५४ जलविद्युत् आयोजनाको प्राथमिकताका आधारमा पिपिए खुलाउने भन्दै ३० दिनभित्र प्रवद्र्धकलाई विद्युत् व्यापार विभागमा सम्पर्क गर्न आह्वान गरेको थियो ।

प्राधिकरणको पत्र 

 

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३