काठमाडौँ । नबिल इन्भेस्टमेन्टले १५औँ वर्ष सफलतापूर्वक पूरा गरी १६औँ वर्षमा प्रवेश गरेका छ । उक्त अवसरमा माघ २३ गते संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत नक्साल, नारायणचौरको प्राङ्गणमा रक्तदान कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाएको छ । २०६६ साल माघमा स्थापना भएको नबिल इन्भेस्टमेन्टले नेपालको पुँजी बजार तथा लगानी व्यवस्थापन क्षेत्रमा निरन्तर योगदान दिँदै आएको छ ।
स्थापनादेखि हालसम्म नाबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडले व्यावसायिकता, सुशासन, पारदर्शिता र ग्राहक–केन्द्रित सेवाका माध्यमबाट संस्थागत विश्वास निर्माण गर्न सफल भएको छ । बदलिँदो वित्तीय परिवेशमा आफूलाई निरन्तर परिमार्जन गर्दै संस्थाले दीर्घकालीन योगदान सिर्जना गर्ने लक्ष्यका साथ विभिन्न लगानी तथा परामर्श सेवाहरू प्रदान गर्दै आएको छ ।
नबिल इन्भेस्टमेन्टले मर्चेन्ट बैंकिङ्ग अन्तर्गत निष्कासन तथा बिक्री प्रबन्धन सेवा, डिपी सेवा, सेयर रजिष्ट्रार, सेयर प्रत्याभूति लगायतका सेवा प्रदान गर्दै आइरहेका छ । इन्भेस्टमेन्ट बैंकिङ्ग अन्तर्गत लगानी व्यवस्थापन, सामूहिक लगानी कोष र संस्थागत परामर्श जस्ता सेवा प्रदान गर्दै आइरहेको छ ।
यसबाहेक संस्थाले संस्थागत परामर्श सेवा अन्तर्गत सङ्गठित संस्थाको संरचना हेरफेर, मूल्याङ्कन, व्यावसायिक योजना, लोन सिन्डिकेशन, सम्पत्ति व्यवस्थापन, मर्जर तथा एक्युजिसन तथा लगानी सम्बन्धी परामर्शसम्बन्धी सेवासमेत प्रदान गर्दै आएको छ । त्यस्तै, निकट भविष्यमा विशिष्टीकृत लगानी कोष अन्तर्गत प्राइभेट इक्विटी फन्ड सञ्चालनको तयारीमा रहेका छौँ ।
१५औँ वर्षको यस उपलब्धिलाई संस्थागत गौरवको रूपमा मनाउँदै, नाबिल इन्भेस्टमेन्ट बैंकिङ्ग लिमिटेडले आगामी दिनमा पनि नवीनतम सोच, सुदृढ जोखिम व्यवस्थापन, प्रविधिमैत्री र दिगो लगानी अभ्यास मार्फत नेपाली पुँजी बजारको विकासमा थप योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ ।