विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । २२ मेगावाटको रोल्वालिङ खोला जलविद्युत आयोजना निर्माण हुने भएको छ । बागमती प्रदेशको दोलखा जिल्लामा पहिचान भएको आयोजना अप्पर तामाकोसी हाइड्रो पावर कम्पनीले अघि बढाउन लागेको हो ।

जिल्लाको गौरीशंकर गाउँपालिका वडा नम्बर ९ र विगु गाउँपालिका वडा नम्बर १ मा निर्माण हुन लागेको आयोजनाको वातावरणीय प्रभाव मुल्याङ्कन प्रतिवेदन प्रस्ताव तयार गरी वन तथा वातावरण मन्त्रालयमा पेस गरिएको छ । मन्त्रालयले वातावरण संरक्षण नियमावली २०७७ को नियम ९ को उपनियम ६ बमोजिम प्रतिवेदनमा राय सुझाव माग गरेको छ । मन्त्रालयले आगामी ७ दिनभित्र आइपुग्ने गरी राय सुझाव मागेको छ ।

आयोजनाको बाँधस्थल तामाकोसी नदी र रोल्वालिङ खोलाको संगमबाट करिब ३.७५ किलोमिटर माथि रोल्वालिङ खोलामा निर्माण हुनेछ । विद्युतगृह तामाकोसीको बाँधभन्दा केही माथि निर्माण हुनेछ ।

आयोजनामा मुख्य, संरचना वेयर, इन्टेक, डिसेन्डर, मुख्य सुरुङ, भुमिगत विद्युतगृह, टेलरेस टनेल, मेटेरियल रोपवे लगायतका संरचना निर्माण हुनेछन् । आयोजनामा ४ हजार ३ सय ३३ मिटर लामो मुख्य सुरुङ र २ सय ५३ मिटर लामो पेनस्टक पाइप मार्फत भुमिगत विद्युतगृहमा पुर्याइने प्रतिवेदनमा उल्लेख छ ।

आयोजना रन अफ द रिभर किसीममा निर्माण हुनेछ । आयोजनाको लागत करिब ४ अर्ब रुपैयाँ अनुमान गरिएको छ । आयोजनाको निर्माण सुरु भएको ४ वर्षभित्र सम्पन्न गरीनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit