विद्युत अपडेट

  • प्राधिकरण : ८५८२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३९१७ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४४२११ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : २१५०२ मे.वा.घन्टा
  • ट्रिपिङ : ११० मे.वा.घन्टा
  • ऊर्जा माग : ६६८२० मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २९३० मे.वा.
२०८३ असोज २४, शनिवार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । एनएमबि बैंकले आफ्ना सेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने प्रस्ताव बैंकको बिहीबार सम्पन्न ३०औँ वार्षिक साधारणसभाले पारित गरेको हो ।

बैंकले २०८२ असार मसान्तसम्ममा २ अर्ब ८५ करोड खुद नाफा आर्जन गर्नुका साथै  २ खर्ब ८३ अर्ब ६५ करोड रुपैयाँ निक्षेप सङ्कलन र २ खर्ब ४३ अर्ब ३ करोड कर्जा प्रवाह गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

बैंक सञ्चालक समितिका अध्यक्ष मनोजकुमार गोयलको सभापतित्वमा बिहीबार आर्मी अफिसर्स क्लबमा भएको साधारसभामा सञ्चालक र सेयर धनीहरूको उपस्थिति थियो । साधारणसभामा  सेयरधनीहरूले मन्तव्य राख्दै बैंकका विविध पक्षमाथि छलफल गरेका थिए ।

बैंकले हाल देशभरि २०२ शाखा, १८४ एटिएम र ९ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३