काठमाडौं । नबिल बैंकले नजिकिदै गरेको चाडपर्वलाई लक्षित गर्दै ‘दशै तिहार घर कर्जा धमाका’ नामक आवास कर्जा योजना ल्याएको छ । बैंकले यस योजना अन्तरगत आकर्षक ब्याजदरका साथ प्रशासनिक शुल्कमा छुट तथा निशुल्क क्रेडिट कार्ड योजना ल्याएको हो ।
यस आवास कर्जा घर खरिद, घर निर्माण, तल्ला थप, रंग रोजनका लागि उपलब्ध गरिएको बैंकले जनाएको छ । बैंकका अनुसार पहिलो घर खरिदकर्ताका लागि घरको मुल्याङ्कनको ७० प्रतिशत सम्म कर्जा लिन सक्ने प्रावधान रहने र सामान्य अवस्थामा ६० प्रतिशत सम्म कर्जा व्यवस्था गरिएको छ ।
बैंकले ३५ वर्ष सम्मको सुविधा भएको यस आवास कर्जामा सरल र सानो किस्ताबाट विस्तारै कर्जा चुक्ता गर्ने सुविधा पनि प्रदान गरिएको छ । यो योजना सिमित अवधिका लागि ल्याइएको बैंकले जनाएको छ ।