विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । पालुन खोला हाइड्रो पावर प्रालीले २१ मेगावाटको पालुन खोला साना जलविद्युत आयोजना निर्माण गर्नका लागि विद्युत विकास विभागमा आवेदन दिएको छ । कम्पनीले प्रदेश नम्बर १ अन्तर्गत ताप्लेजुङको मिक्वाखोला गाउँपालिका भएर बग्ने पालुन खोलामा पहिचान भएको ऊक्त आयोजना निर्माण गर्न विभागमा आवेदन दिएको हो । 

कम्पनीले अनुमतिपत्रका लागि विभागमा आवेदन दिएपछि यसबाट पर्ने असरका विषयमा सरोकारवाल निकायसँग राय सुझाव मागिएको छ । विभागले ३५ दिने सुचना जारी गर्दै उक्त अवधिभित्र सुझाव दिन पनि आग्रह गरेको छ । 

नदीको बहावमा आधारित (रन अफ रिभर) प्रकारको आयोजनाको डिजाइन वहाव ८.६९ घनमिटर प्रति सेकेण्ड हुने र कुल हेड ३०० मिटर हुने अध्ययनले देखाएको छ । आयोजनाबाट वार्षिक सरदर १२६.५८ गिगावट घण्टा विद्युत उत्पादन हुने उल्लेख छ । 

आयोजनको मुख्य संरचनाहरु पालुन खोलाको दायाँ किनारामा पर्दछन् । खोलामा बाँध बाँधी खोलाको दायाँपट्टी निर्माण हुने इन्टेकबाट पानीलाई फकाई सो पानीलाई आयोजनाको मुख्य संरचनाहरु हुदै विद्युत गृहमा पुर्याइनेछ । 

उत्पादित ऊर्जालाई विद्युत गृहको स्वीट्च्यार्डमा जोडिनेछ र १३ एमभिएको पावर ट्रान्सफरबाट ९ किलोमिटर लम्बाई भएको मध्य मेवाखोला जलविद्युत आयोजनाको विद्युत गृहमा जोडिनेछ । १२ किलोमिटर लम्बाइमा रहेको नेपाल विद्युत प्राधिकरणको ढुङगेसाँघु सबस्टेसनमा जोडी जम्मा २१ किलोमिटर लम्बाई भएको १३२ केभीको प्रसारण लाइन मार्फत राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिनेछ । 

यो आयोजनाबाट २०८० आश्विन २१ गतेबाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ । आयोजना निर्माण तथा सञ्चालन गर्दा भु–क्षय, बाढी, वायु प्रदुषणद्वारा उल्लेखनीय प्रतिकुल असर नपर्ने गरी निर्माण गरिनेछ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit