विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २८, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले नवलपरासीमा निर्माण गरेको बोझापोखरी सबस्टेसन सञ्चालमा आएको छ । प्राधिकरणले ३३/११ केभी तथा ३ एमभिए क्षमताको उक्त सबस्टेसन सोमबार (२० गते) देखि सञ्चालनमा ल्याएकाे हाे । 

लामो प्रयासपछि प्रगतीनगर सबस्टेसनबाट बोझापोखरीसम्म २२ किलोमिटरको प्रसारण लाइन निर्माण गरी सबस्टेसन चार्ज सफल भएको कावासोती वितरण केन्द्रका प्रमुख सूर्यनारायण मण्डलले बताए । ‘सबस्टेसन चार्ज भएसँगै जिल्लाका बुलिङटार, हुप्सेकोट र बौदीकाली गाउँपालिका लगायतका क्षेत्रमा विद्युत आपूर्तिकाे गुणस्तर सुधार हुनेछ,’ उनले ऊर्जा खबरसँग भने, ‘अब यस सबस्टेसनबाट नियमित रुपमा विद्युत् प्रवाह गरिनेछ ।’

यसअघि गाउँपालिकाको कतिपय ठाउँमा लघु जलविद्युत् आयोजनाको बिजुली बाल्ने गरिन्थ्यो भने कतिपय ठाउँका जनता अन्धकारमै थिए । 

‘गाउँमा प्रसारण ग्रिडको विद्युत् पुर्याएका छौं, अब यस क्षेत्रका सबै ठाउँका जनताले ग्रिडको बिजुली पाउनेछन् ।’ सबस्टेसनबाट बुलिङटार र धौबादी गरी २ वटा फिडर निकालिएको छ । 

एसियाली विकास बैंक (एडिबी) को करिब १२ करोड ऋण लगानीमा ७ वर्षअघि उक्त सबस्टेसन निर्माण सुरु गरिएको थियो । ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने सुरूवाती लक्ष्य राखिउकाे भए पनि पनि विविध कारणले आयाेजना ४ वर्ष लम्बिएकाे केन्द्रले जनाएको छ । केन्द्रका अनुसार पहिलो सम्झौताअनुसार २०७५ सालभित्र निर्माण सम्पन्न गर्नुपर्ने थियो तर विविध कारणले पटकपटक म्याद थप गर्दै पहिलो सम्झौता अवधिको करिब चार वर्षपछि सम्पन्न भएको हो ।

सबस्टेसन निर्माणको ठेक्का ए टु जेड इन्जिनियरिङ कम्पनीले पाएको थियो । आयोजनाको सब कन्टया्क्टर भने त्रिपुरेश्वर जय दुर्गे इन्जिनियरिङ जेभी रहेको थियो । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit