विद्युत अपडेट

  • प्राधिकरण : ८५८२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३९१७ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४४२११ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : २१५०२ मे.वा.घन्टा
  • ट्रिपिङ : ११० मे.वा.घन्टा
  • ऊर्जा माग : ६६८२० मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २९३० मे.वा.
२०८३ असोज २४, शनिवार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । भोटेकोसी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका व्यक्तिहरूको सम्झनामा नेपाल इन्जिनियर्स एशोसिएसनले देशभर दीप प्रज्वलन गर्ने भएको छ । विपत्‌मा परी ज्यान गुमाउने सम्पूर्णप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभ तथा प्रभावितहरूको सुरक्षित उद्धारको कामनासहित एशोसिएसनले केन्द्रीय कार्यालय, सातै प्रदेश कार्यालय तथा विभिन्न स्थानीय केन्द्रमा दीप प्रज्वलन गर्न लागेको जनाएको छ । 

एशोसिएसनका अनुसार केन्द्रीय कार्यालयको आयोजनामा काठमाडौँको माइतीघर मण्डलामा दीप प्रज्वलन गरिनेछ । त्यस्तै, कोशी प्रदेशको कार्यक्रम विराटनगरस्थित सिडिओ कार्यालय चोक, मधेश प्रदेशको जनकपुरधामको रामानन्द चोक र बागमती प्रदेशको माइतीघर मण्डलामा दीप प्रज्वलन आयोजना गरिने छ ।

गण्डकी प्रदेशमा पोखरा–८ स्थित फेवासिटी मार्ग, लुम्बिनी प्रदेशमा बुटवल–४ रुपन्देहीस्थित नेपाल विद्युत् प्राधिकरण भवन, कर्णाली प्रदेशमा सुर्खेतको वीरेन्द्र चोक तथा सुदूरपश्चिम प्रदेशमा धनगढीको जेन्जी मार्गमा दीप प्रज्वलन कार्यक्रम आयोजना हुने एशोसिएसनले जनाएको छ ।

यसैगरी, वीरगञ्ज केन्द्रले घण्टाघर, भरतपुर केन्द्रले चौबिसकोठी, नेपालगञ्ज केन्द्रले बिपी चोक र दाङ केन्द्रले शहिद गेटमा कार्यक्रम आयोजना गर्नेछन् । इटहरी केन्द्र र विर्तामोड केन्द्रले पनि स्थानीयस्तरमा दीप प्रज्वलन कार्यक्रम गर्ने जनाइएको छ ।

भोटेकोशी नदीमा आएको बाढीका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको थियो । विपद्को यस घडीमा दिवंगतप्रति सम्मान, घाइतेप्रति ऐक्यबद्धता तथा प्रभावित परिवारप्रति सहानुभूति प्रकट गर्न दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको एशोसिएसनले जनाएको छ ।

एशोसिएसनले सम्पूर्ण इन्जिनियर तथा आर्किटेक्टहरूलाई आफूलाई पायक पर्ने स्थानमा उपस्थित भई दीप प्रज्वलन कार्यक्रममा सहभागी हुनसमेत अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३