विद्युत अपडेट

  • प्राधिकरण : ७२१७ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३००२ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४७२८४ मे.वा.घन्टा
  • आयात : ६७ मे.वा.घन्टा
  • निर्यात : १७७०७ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६७५७० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २९९५ मे.वा.
२०८३ भदौ २२, सोमबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । भोटेकोशी नदी भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित जलविद्युत् आयोजनाका सुरुङभित्र कुल १२१ जना फसेको देखिएको नेपाली सेनाले जनाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार आयोजना गरेको कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै नेपाली सेनाका ब्रिगेडियर जनरल सुभाषजंग थापाले यस्ताे बताएका हुन् । 

उनका अनुसार जलविद्युत् तथा सौर्य ऊर्जासहित १२ वटा विभिन्न आयोजनाबाट कुल ९१९ जना बेपत्ता भएको जानकारी प्राप्त भएको छ । तीमध्ये १२१ जना आयोजनाका सुरुङभित्र फसेकाे देखिएको छ । सुरुङभित्र फसेकामध्ये हालसम्म ३ जनाको मात्रै सकुशल उद्धार गरिएको छ भने ४ जनाको शव फेला परेको छ ।

उनका अनुसार विवरणअनुसार माथिल्लाे त्रिशूली–१ मा ५० जना, माथिल्लाे त्रिशूली–३ ‘ए’ मा ४० जना, लाङटाङ खोला जलविद्युत् आयोजनामा ७ जना र चिलिमे जलविद्युत् आयोजनामा ७ जना सुरुङभित्र फसेका थिए ।

त्यस्तै, रसुवागढी आयोजनाको सुरुङमा ५ जना फसेका थिए भने बाँकी व्यक्ति त्रिशूली–३ ‘बी’ आयोजनाको सुरुङभित्र रहेको नेपाली सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३