विद्युत अपडेट

  • प्राधिकरण : ७१६८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३९६५ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११६९९ मे.वा.घन्टा
  • आयात : १२५३९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २५५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७९२२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९१३ मे.वा.
२०८१ चैत २९, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । ताप्लेजुङ जिल्लामा निर्माण हुने २८५ मेगावाटको माथिल्लो तमोर जलविद्युत् आयोजना टनेल बोरिङ मेसिन (टिबिएम) बाट सुरुङ खनिने पहिलो आयोजना भएको छ । उक्त प्रविधिको प्रयोग गरी करिब ८.७ किलोमिटर सुरुङ खन्नका लागि चिनियाँ कम्पनीसँग सम्झौता भएको हो ।

बिहीबार (चैत २१ गते) एक कार्यक्रमकाबीच आयोजना प्रवर्द्धक तमोर इनर्जी प्रालि र चाइना रेल्वे नम्बर–२ इन्जिनियरिङ ग्रुप कम्पनी लिमिटेडबीच सम्झौता भएको छ । सम्झौतामा प्रवर्द्धक कम्पनीका तर्फबाट अध्यक्ष पुष्पज्योति ढुंगाना, महाप्रबन्धक द्वय प्रकृतिराज तिमल्सिना र पदमप्रसाद पोखरेल तथा चाइना रेल्वेका तर्फबाट नेपाल प्रमुख लो झियारोङ‍, प्रबन्धक उज्वल पौडेल र आयोजना प्रमुख चेङ बोले हस्ताक्षर गरेका छन् ।

कार्यक्रम ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले दुई देशबीचको आपसी सम्बन्धलाई बलियो बनाउने गरी ज्ञान र सीपको आधारमा काम गर्न सुझाव दिए । 'उत्तर र दक्षिणका ठूला छिमेकीसँग समदूरीमा सम्बन्ध राख्दै नेपालले दक्षता विकास गर्नुपर्ने समय आएको छ,'  उनले भने, 'माथिल्लो तमोरमा पनि दाजुभाइको सम्बन्धका आधारमा काम गरी तोकिएको समयमै पूरा होस् ।'

'सरकार निजी क्षेत्रलाई सहज हुने गरी कानुन निर्माण गर्ने र निजी क्षेत्रबाट धेरैभन्दा धेरै कर लिएर मुलुक समृद्ध बनाउन चाहेको पनि मन्त्री खड्काले बताए । निजी क्षेत्रलाई साथमा लिएरमात्र मुलुक समृद्ध हुन सक्ने उनको धारणा थियो ।

माथिल्लो तमोर बनिसकेपछि सरकारले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्न लिएको लक्ष्यमा ठूलो सघाउ पुग्ने खड्काको भनाइ थियो । 'जलविद्युत् विकासबाट एउटा वर्गमात्र नभएर सम्पूर्ण नागरिकको जीवनस्तर माथि उठ्नेछ,' उनले भने, 'सरकारले त्यही रणजनीतिक योजनाका साथ काम गरिरहेको छ ।'

यसैगरी, कार्यक्रममा पूर्व पर्यटन मन्त्री योगेश भट्टराईले आयोजनामा टिबिएम मेसिन प्रयोग हुनुले नेपालमा नयाँ नयाँ प्रविधिमार्फत विकासको युग सुरु भएको बताए । 'आयोजना विकासपछि ताप्लेजुङ त आर्थिक हिसाबले माथि उठ्छ नै सिंगो देशको अर्थतन्त्रमा यसले ठूलो परिवर्तन ल्याउने छ,' उनले भने, 'यो देश समृद्धितर्फ अगाडि बढिरहेको सूचकांक पनि हो ।'

जलविद्युत् विकासमा निजी क्षेत्रको फड्को, अहिलेसम्मकै ठूलो २८५ मेगावाटको माथिल्लो तमोरमा लगानी व्यवस्थापन

सोही क्रममा तमोर इनर्जीका अध्यक्ष ढुंगानाले हिजोको तुलनामा आज जलविद्युत् विकासमा निजी क्षेत्रको आत्मविश्वास बढ्दै गएको बताए । 'हामीले हिजो साना-साना आयोजना निर्माणबाट यात्रा सुरु गरेका थियौँ, त्यही सिकाइले आज यहाँसम्म पुगिएको छ,' उनले भने, 'यसलाई मनन् गर्दै यो आयोजना देशमा सबै परिस्थिति अनुकूल भएमा ४ वर्षभित्र निर्माण पूरा गर्नेछौँ ।'

अहिलेसम्म २४ अर्ब रुपैयाँ जुटिसकेको जानकारी दिँदै उनले ५१ अर्ब रुपैयाँमा आयोजना पूरा गर्ने अठोट लिएको बताए । उनका अनुसार लगानीकर्ताहरूबाट १२ अर्ब रुपैयाँ स्वपुँजी लगानी हुने र ८ अर्ब रुपैयाँ बराबरको साधारण सेयर जारी गरिनेछ । आयोजनामा लगानी गर्ने सम्बन्धमा यसअघि नै वित्तीय व्यवस्थापन भइसकेको छ ।

कार्यक्रममा चाइना रेल्वेका नेपाल प्रमुख लो झियारोङले नेपाल र चीनको सम्बन्धलाई मध्यनजर गर्दै आयोजनासँग समन्वय गरेर गुणस्तरीय काम गर्ने प्रतिबद्धता जनाए । आयोजना पूर गर्ने कम्पनीको समय तालिकालाई हेक्का राखेर नेपालीको विश्वास जित्ने गरी काम गर्ने पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३