काठमाडौं । शैलेश्वरी पावर नेपाल प्रा.लि को संस्थागत परामर्शदाताको काम लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले गर्ने भएको छ । कम्पनी र क्यापिटलबीच संस्थागत परामर्शदाताका लागि मंगलबार (फागुन २३ गते) सम्झौता भएको हो ।
सम्झौतापत्रमा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र शैलेश्वरी पावरकोबाट प्रबन्ध निर्देशक जगदिशबहादुर पालले हस्ताक्षर गरे । शैलेश्वरी पावर कम्पनीमा परिवर्तन भए पश्चात लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले प्राथमिक सेयर निष्कासनको कार्य समेत गर्नेछ ।
कम्पनीको डोटी जिल्ला पूर्वीचौकी गाउँपालिका १.५५ मेगावाटको माथिल्लो गड्डीगाड जलविद्युत आयोजना निर्माणाधीन छ । आयोजनाको ७० प्रतिशत काम पूरा भएको छ ।