विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १५, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । बन्दीपुर गाउँपालिका–१ भैँसीगोठ खानेपानी योजनाको निर्माण पूरा भएको छ । गाउँपालिकाको आर्थिक सहयोग, स्थानीयवासीबाट सङ्कलित रकम र जनश्रम व्यहोरेर उक्त योजना सम्पन्न गरिएको हो ।

विगत लामो समयदेखि कुवाँको पानी बोकेर खाने गरेका उक्त बस्तीको घरघरमा पानीको धारा पुगेपछि स्थानीयबासी खुसी भएका छन् । १९ लाख ६५ हजार रुपैयाँको लागतमा उक्त योजना सम्पन्न भएको भैँसीगोठ खानेपानी तथा उपभोक्ता समितिका अध्यक्ष सुस्मा कार्की शाहीले बताए । 

योजनाका लागि बन्दीपुर गाउँपालिकाबाट ११ लाख ५० हजार रुपैयाँ, उपभोक्ताबाट सङ्कलित ४ लाख ८५ हजार रुपैयाँ र ३ लाख ३० हजार रुपैयाँ बराबरको जनश्रम व्यहोरिएको थियो । 

योजनाबाट ३४ वटा धारा निर्माण गरी खानेपानी वितरण गरिएपछि त्यसक्षेत्रका ५३ घरधुरी लाभान्वित भएका छन् । बस्तीदेखि कुवा टाढा रहेका कारण पानीका लागि एक जनशक्ति नै खटाउनुपर्ने बाध्यता हटेको उपभोक्ता समिति सदस्य लक्ष्मी थापाले बताए । 

वडास्थित खहरे खोल्सीको पानी लिफ्टिङ गरेर बस्तीमा पानी वितरण गरिएको हो । खोल्सीको पानी करिब ३०० मिटर उचाइमा लिफ्ट गरी ट्याङ्कीमा सङ्कलन गरेर वितरणको व्यवस्था मिलाइएको वडाध्यक्ष भानुभक्त पोख्रेलले बताए ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit