विद्युत अपडेट

  • प्राधिकरण : ९०८१ मे.वा.घन्टा
  • सहायक कम्पनी : १७७२० मे.वा.घन्टा
  • निजी क्षेत्र : ४६१७० मे.वा.घन्टा
  • आयात : २५८ मे.वा.घन्टा
  • निर्यात : २०९१२ मे.वा.घन्टा
  • ट्रिपिङ : १०० मे.वा.घन्टा
  • ऊर्जा माग : ७३३३० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३२६९ मे.वा.
२०८३ भदौ ९, मङ्गलबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले मंसिर २९ गते (बिहीबार) देखि ५ अर्ब रुपैयाँ बराबरको ‘ऊर्जा ऋणपत्र’ जारी गर्ने भएकाे छ । बैंकले ७ वर्षका लागि ऋणपत्र जारी गर्न लागेको हो ।

५ अर्ब रुपैयाँ बराबरको ५ लाख कित्ता ऊर्जा ऋणपत्र जारी गर्ने तयारी गरेको बैंकले जनाएको छ । बैंकका अनुसार ३ लाख कित्ता निजी तबरबाट बिक्रि हुनेछ भने २ लाख कित्ता सर्वसाधारणको लागि निष्कासन हुनेछ । इच्छुकले न्यूनतम २५ देखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आवेदकले छिटोमा पुस ४ गतेसम्म र ढिलोमा १४ गतेसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

७ वर्षे अवधिको यस ऋणपत्रमा बैंकले ७ प्रतिशत ब्याज प्रदान गर्नेछ । ऋणपत्र निष्कासनको लागि एनआईबिएल एस क्यापिटल बिक्रि प्रबन्धक तोकिएको छ ।

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष ७८/७९ को मौद्रिक नीतिको अर्थवार्षिक समिक्षा मार्फत  पूर्वाधार विकास बैंकले समेत ऊर्जा ऋणपत्र जारी गर्नसक्ने व्यवस्था गरेको थियो । सोहि अनुसार बैंकले उर्जा ऋणपत्र निष्कासन गर्न लागेको हो ।

बैंकले ऊर्जा, सहरी विकास, यातायात लगायत पूर्वाधार परियोजनामा लगानी गर्दै आएको छ । बैंकले स्थापनाको छोटो अवधिमा २२ वटा पूर्वाधार परियोजनामा करिब २७.५० अर्ब रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३