विद्युत अपडेट

  • प्राधिकरण : ७०७४ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३१११ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५३३५ मे.वा.घन्टा
  • आयात : ७३६४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३५४८५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १७५५ मे.वा.
२०८१ जेठ ४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । आइएमई समूहको अगुवाईमा म्याग्दी जिल्लाको अन्नपूर्ण तथा रघुगंगा गाउँपालिकामा निर्माण हुने तिप्ल्याङ कालीगण्डकी जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता (पिपिए) भएको छ । आयोजनाको प्रवर्द्धक तिप्ल्याङ कालीगण्डकी हाइड्रो पावर कम्पनी र नेपाल विद्युत प्राधिकरणबीच विद्युत खरिद गर्न सम्झौता भएको हो ।

अहिले ५८ मेगावाटका आयोजनाको पिपिए भएको छ । यो आयोजनाको ५८ मेगावाटमा पिपिए भएपनि क्षमता वृद्धि गरी ८६ मेगावाटमा कायम गर्न विद्युत विकास विभागबाट सैद्धान्तिक सहमति प्राप्त गरीसकेको पनि कम्पनीले जनाएको छ । यो मध्य कालीगण्डकी र मिस्त्री खोला २ जलजिद्युत आयोजनाको क्यासकेड आयोजना हो ।

प्राधिकरणले आयोजनाबाट उत्पादित विद्युत प्रतियुनिट सुख्खायाममा ८.४० रुपैयाँ र वर्षायाममा ४.८० रुपैयाँमा किन्ने सम्झौता गरेको हो । आयोजनाबाट उत्पादन हुने विद्युत कालीगण्डकी कोरिडोरअन्तर्गत दाना सवस्टेसनमा जोडिनेछ ।

आइएमई समूहबाटै प्रवर्द्धित हाईड्रो सपोर्ट प्रालिले ६६.३ मेगावाटको माथिल्लो मध्य कालीगण्डकी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । त्यो आयोजनाको पिपिए यसअघि नै भइसकेको छ ।

यी दुई आयोजना २०८६ असारसम्म सम्पन्न गर्ने लक्ष्य छ । दुवै आयोजनाको अनुमानित लागत ३३ अर्ब १४ करोड रूपैयाँ हो । आयोजनामा स्वपूँजी लगानी आइएमई समूहलगायतबाट हुनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit